१९ वैशाख, पर्वत । कोरोना संक्रमणबाट पर्वत जिल्लामा थप १ जना बृद्धाको मृत्यु भएको । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पर्वत जिल्ला कुश्मा नगरपालिका वडा न ५ बस्ने बर्ष ७६ की एक जना बृद्धाको मृत्यु भएको हो ।
वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको उनको वैशाख १८ गते मृत्यु भएको निर्देशनालयले जनाएको छ । गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा ति बृद्धाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
संक्रमीत महिलालाई श्वास प्रश्वासमा समस्या भए पछि परिवारले उनलाई उपचारका लागि पर्वत अस्पताल लगेका थिए ।
अस्पतालले अवस्था गम्भिर भएको भन्दै पोखरा रिफर गरेको थियो । योसंगै पर्वतमा कोरोनाबाट कुल मृत्यु संख्या ५ पुगेको छ ।




