१६ चैत, पर्वत । प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको कार्य समितिको वैठक सम्पन्न भएको छ । वैठकले आसन्न पत्रकार महासंघ जिल्ला शाखा पर्वतको नयाँ नेतृत्व सर्वसहमत चयन गर्ने निर्णय गरेकोछ । पत्रकारहरुको साझा संगठन पत्रकार महासंघको नयाँ नेतृत्व सर्वसहमत रुपमा साझा र समावेशी बनाउन सवै संगठनहरुसंग बार्ता र सम्बादको गर्ने निर्णय भएको प्रेस चौतारी पर्वतका अध्यक्ष गणेश गिरीले जानकारी दिए । गिरीका अनुसार आगामी नेतृत्वमा विगत देखिको अभ्यासलाई कायम गर्दै सर्वसहमत रुपमा नेतृत्व चयन गर्ने निर्णय भएको छ ।
पत्रकार महासंघको ३ वटै तहको निर्वाचन आगामी चैत २५ गते हुँदैछ । जिल्ला शाखाको उमेदवारी दर्ता चैत २२ गते देशभर एकैपटक हुँदछ । उक्त निर्वाचनलाई सर्वसहमत बनाउनका लागि प्रेस चौतारीको तर्फबाट संस्थापक अध्यक्ष भोलानाथ शर्माको संयोजकत्वमा शाखा अध्यक्ष गणेश गिरी, पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, केन्द्रिय सदस्य गणेश पौडेल र पूर्व अध्यक्ष गणेश पौडेल सदस्य रहने गरी वार्ता समिति गठन गरिएको छ ।
शाखाले महासंघमा आलोपालो परम्परा अनुसार नेतृत्व दावी गर्ने र अध्यक्षका लागि शाखाको तर्फबाट सन्तोष थापालाई समेत सिफारिस गरिएको अध्यक्ष गिरीले जानकारी दिए । थापाको नेतृत्व सर्वहमत, साझा र समावेशी समूह बनाएर महासंघमा नयाँ नेतृत्व स्थापी गर्ने गरी चौतारीले निर्णय गरेको छ ।