२२ फागुन, पर्वत । जिल्लाको ठूलो नीजि ब्यापारीहरुको संस्था पर्वत उद्योग बाणिज्य संघको अध्यक्ष पदमा गोपी अधिकारीले उमेदवारी घोषणा गरेका छन् । संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका अधिकारीले संघको अध्यक्षमा उमेदवारी घोषणा गरेका हुन् ।
एक कार्यक्रमका वीच संघका वर्तमान अध्यक्ष केदारनाथ शर्मा, पूर्व अध्यक्षहरु हरीओम शर्मा, मिनप्रसाद श्रेष्ठ सहितको प्रस्तावमा अधिकारीको उमेदवारी घोषणा गरिएको हो । अधिकारीले संघमा २ कार्यकाल बरिष्ष्ठ उपाध्यक्षको जिम्मेवारी बहन गरीसकेका छन् । सामाजिक रुपमा सक्रिय अधिकारी विगत २ दशक देखि संघका गतिविधिहरुमा सक्रिय हुन् ।
पेशाले फर्निचर ब्यवसायीको रुपमा पर्वतको कुश्मा बजारमा ब्यवसाय सञ्चालन गर्दै आइरहेका अधिकारीले आफू जिल्लाका सवै ब्यापारीहरुको साझा उमेदवारको रुपमा प्रस्तुत गरेको बताएका छन् ।




