Print

‘एमालेसंग एकता नभएको भए माओवादी केन्द्र विघटन हुन्थ्यो’–केन्द्रिय सदस्य गिरी

२३ पुस,पर्वत । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य पदम गिरीले माओवादी केन्द्र विघटनको तयारीमा रहेको बेला एमालेसंग एकता भएको बताएका छन् । कुश्मा आयोजीत युवा भेलालाई सम्बोधन गर्दै नेता गिरीले स्वय्म प्रचण्डले केन्द्रिय समितिको वैठकमा पार्टी विघटन गर्ने चेतावनी दिएको बेला एमालसंगै एकता भएको बताए । उनले केपी ओलीले पार्टी विघटन हुनबाट बचाएर एमालेसंग गठ बन्धन गर्र्दै एकताको विन्दूसम्म पुराएको स्मरण गराए । उनले माओवादी केन्द्रको जनमत साँधुरीदै गएपछि प्रचण्ड स्वय्म विघटनको निर्णयमा पुग्दै गर्दा पार्टी एकता भएको दावी गरे ।

सानो पाटी भएपछि प्रचण्डले कांग्रेससंग समेत तालमेल गरेर चुनावमा होमीएको बताउँदै उनले बामगठबन्धनका कारण माओवादी केन्द्रको अस्तित्व जोगिएको बताए । कांग्रेससंग तालमेल गर्दा कांग्रेसका कार्यकर्ताले भोट नदिएका कारण मात्र प्रचण्ड एमालेसंग तालमेल गर्न आएको समेत उनले बताए । छोरीलाई जिताउन पाए आप्mनो ठूलो सफलता हुने ठानेर कांग्रेससंग चुनावी तालमेल गरेका प्रचण्ड कसरी कम्युनिष्ट बने भनेर जनताले प्रश्न सोधेपछि मात्रै एमालेसंगको तालमेल शुरु भएको उनको भनाई थियो ।

युवा भेलालाई सम्बोधन गर्दै विघटित प्रतिनिधि सभाका सदस्य समेत रहेका गिरीले आम निर्वाचन पछिको सरकार केपीको बनाउने बेलामा पनि प्रचण्डले उचित सहयोग नगरेको बताए । प्रधानमन्त्री बन्नबाट रोक्न प्रचण्ड कांग्रेस र मधेसबादी दललाई समेत गुहारेको गिरीको भनाई छ । मधेसबादी दलले पहिलो पार्टी भएका कारण एमालेकै नृेतत्वमा सरकार बन्नुपर्छ भनेपछि मात्र प्रचण्डले ओलीलाई समर्थन गरेको बताए । ओलीलाई पनि सशर्त प्रधानमन्त्रीमा समर्थन गरेका प्रचण्डले सरकारलाई कहिल्यै सहयोग नगरेको गुनासो गरे ।

आधा आधा कार्यकालको तमसुक बनाएर मात्र सरकार बनेको दोहोराउँदै उनले तेस्रो पार्टीका नेताले आधा कार्यकाल सरकार चलाउन्छु भन्नु पदको लुप्तता बाहेक केहि नभएको उनको भनाई छ । अहिले प्रचण्डको पाटीमा गएका नेकपाका कार्यकर्तालाई उनले त्यहाँ भविश्य नभएको भन्दै केपी ओलीकै नेतृत्वमा फर्कन समेत आग्रह गरेका छन् ।