२० पुस, पर्वत । राष्ट्रिय युवा संघ पर्वतले आगामी पुस २२ गते जिल्ला भेला गर्ने भएको छ । पार्टी भित्र देखिएको आन्तरीक धुव्रीकरणको औचित्यलाई पुष्टि गर्ने गरी युवा संघले सदरमुकाम कुश्मा बजारमा युवा भेला गर्न लागेको हो । भेलालाई युवा संघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री महेश बस्नेत तथा नेकपाका केन्द्रिय सदस्य तथा पूर्व सांसद पदम गिरी सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
युवा संघका जिल्ला अध्यक्ष थमनारायण पौडेलका अनुसार प्रधानमन्त्रीलाई पार्टी भित्रैबाट गरिएको घेराबन्दीको भण्डाफोर गर्दै आगामी निर्वाचनमा होमिन सवै युवाहरुलाई अनुरोध गर्न युवा भेलाको आयोजना गरिएको हो । पर्वत उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको युवा भेलामा जिल्ला भरका अगुवा युवा कार्यकर्ताहरुको सहभागीता रहने साविक युवा संघ नेपालका सचिव नवराज गिरीेले जानकारी दिए ।
केन्द्रमा पाटी विभाजनको चरणमा रहेको बेलामा जिल्लामा दुई पक्षका बेग्ला बेग्लै भेलाहरु हुन थालेका छन् । केपी ओलीको समर्थनमा रहेको राष्ट्रिय युवा संघ पर्वतले २५ गते हुने केपाी ओली निकट अगुवा कार्यकर्ताहरुको जिल्ला भेलालाई समेत सफल बनाउनका लागि यो भेलाको आयोजना गरेको केपी ओली निकट राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बिमल लामिछानेले बताए ।




