Print

विहादीमा अपांगता भएका ब्यक्तिलाई ह्वील चियर वितरण

१९ मंसिर, पर्वत । जिल्लाको विहादी गाउँपालिकाले अपांगता दिवसको अवसर पारेर गाउँपालिका भित्रका अपांगता भएका ब्यक्तिहरुलाई ह्विल चियर वितरण गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी भुषालका अनुसार गाउँपालिका भित्रका १५ जना अपांगता भएका ब्यक्तिहरुलाई ह्विल चियर वितरण गरिनेछ ।

गाउँपालिका भित्र उरामपोखरामा २ जना, वहाकीठाँटीमा १ जना, शालिग्राममा ३ जना, रानीपानीमा ४ जना ,बर्राचौरमा २ जना र बाच्छामा ३ जना अपांगता ब्यक्तिहरुलाई ह्वील चियर वितरण गरिने स्वास्थ्य शाखा प्रमुख भुषालले जानकारी दिए । अपांगता दिवसको अवसरमा वडा न ४ र ५ का अपांगता भएका ब्यक्तीलाई ह्विल चियर विरतण गरिसकिएको र बाँकीलाई पनि वितरण गरिने गाउँपालिका अध्यक्ष कमल भुषाल बताउँछन् ।

फरक क्षमता भएका ब्यक्तिहरुलाई सहजताका लागि गाउँपालिकाले ह्वील चियर वितरण कार्यक्रम अघि बढाएको अध्यक्ष भुषालको भनाइ छ । गाउँपालिकाका जनप्रतिधि र स्वास्थ्य शाखाका कर्मचारीहरुले ह्वील चियर वितरण गरेका छन् ।

गाउँपालकाभरी पूर्ण रुपमा अपांगता भएका र ह्वील चियरको आवश्यकता पर्नेहरुको संख्या यकिन गर्दा कुल १५ जना देखिएको र थप संख्या पनि भेटिएमा उनीहरुलाई समेत ह्वील चियर वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुव्र दयालले जानकारी दिए ।