Print

एकै दिन पर्वतमा १३ संक्रमीत थपिए, जलजला गाउँपालिकामा मात्र १० जना

२० कार्तिक, पर्वत । कोरोना संक्रमीतको संख्या पर्वतमा १३ जना थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार आज मात्रै पर्वत जिल्लामा १३ जना नयाँ संक्रमीत थपिएका हुन् । १३ जना मध्ये जलजला गाउँपालिकामा मात्रै १० जना संक्रमीत रहेका छन् । जलजला गाउँपालिकाको वडा न ३ का ६६, ७३, ३८, ५७, ७४, ३२, ३८, र २८ बर्षका पुरक्ष रहेका छन् । यसैगरी सोहि वडाका ३५ र ५४ बर्षका पुरुष छन् ।

यसैगरी कुश्मा नगरपालिका वडा न १० का २२ बर्षका पुरुष पनि संक्रमीत भएका छन् । आजै निर्देशनालयले जारी गरेको विज्ञप्तिमा कुश्मा नगरपालिका वडा न ६ का ५५ बर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी कुश्मा ७ का ५१ बर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज जलजलामा संक्रम पुष्टि भएकाहरु मध्ये १ जना बनौ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा २ जना एनआइसिया एसिया वैकका कर्मचारी तथा १ जना सांग्रीला वैंकका कर्मचारी तथा अन्य ३ जना जलजला गाउँपालिकाका ब्यक्तिहरु रहेको जलजला गाउँपालिकाले जनाएको छ ।