Print

जटिल प्रकृर्तिका कोरोना संक्रमीतको उपचार पर्वत अस्पतालबाटै

१९ कार्तिक, पर्वत । कोरोना संक्रमणको दर पर्वतमा बढेर गएको छ । स्वाथ्य कार्यालयको तथ्यांका अनुसार १ सय ७७ जना संक्रमीत पुष्टि भए पनि प्रदेश निर्देशनालयको तथ्यांकमा १ सय ९२ जना पर्वतबासी कोरोनाबाट संक्रमीत भएका छन् ।

यो संख्या वितेको १ महिनमा ह्वातै बढेर गएको हो । संख्या बढ्दै जाँदा लक्षण सहितका जटिल प्रकृतिका विरामीहरुको संख्या पनि देखिने अनुमान गरिएको छ । पर्वत अस्पतालका नि. प्रमुख डा. शिशिर देवकोटाले संक्रमीतहरुमा जटिल लक्षणहरु देखिएमा अव पर्वत अस्पताल परिसरमै उपचार गर्ने तयारी गरिएको जानकारी दिए ।

डा. देवकोटाले सामान्य लक्षणका विरामीलाई गुप्तेश्वर क्याम्पसमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचार गरिने र जटिल प्रकृर्तिका विरामीलाई पर्वत अस्पताल भित्रै उपचार गरिने बताए । कोरोना विरामीको उपचारका लागि पर्वत अस्पताल परिसरमै बेग्लै अस्पतालको निर्माण हुने भएको छ । अस्पताल भित्र अक्सिजन, भेन्टिलेटर र आइसियू कक्षको निर्माण गर्न लागिएकाले सोहि कक्षमा कोरोना संक्रमीतको उपचार गरिने डा. देवकोटाको भनाई छ ।

अरु जिल्लाले बाहिरी जिल्लाका विरामीलाई भर्ना लिन नमान्ने परिस्थिती आउन थालेका कारण जिल्ला भित्रका विरामीको उपचार जिल्ला भित्रै गर्न लागिएको जानकारी दिए । डा. देवकोटाले लक्षण विहिनहरुको उपचार पालिका स्तरमै तयार भएका आइसोलेसन अस्पतालले गर्ने र लक्षण सहितका विरामीको उपचार भने जिल्ला स्तरीय अस्पताल गरिने गरी तयारी गरिएको जानकारी दिएका छन् ।

जटिल प्रकृतिका विरामीको भर्ना लिन अन्य जिल्लाका विरामीलाई पोखरा र बागलुङले अस्विकार गर्दै आएका छन् । जिल्ला भित्रका विरामीको उपचारका लागि जिल्लामै ब्यवस्थापन गर्ने कार्यमा आफूहरु लागि परेको डा. देवकोटाको भनाई छ । ‘हालसम्म कोरोना संक्रमणका जटिल प्रकृतिका विरामीहरु अस्थायी कोरोना अस्पताल र पर्वत अस्पतालमा भने आएका छैनन ।’ डा. देवकोटाले बताए । उनका अनुसार मृतक २ जना पोखरामा उपचारका लागि गएका विरामी हुन् ।