Print

मुडिकुवा पहिरो : मृतकका परिवारलाई कांग्रेसका नेताद्धारा ३० हजार नगद सहयोग

१ असोज, पर्वत । नेपाली काँग्रेस पर्वतले बाढीबाट बालिका गुमाउन पुगेका फलेवास नगरपालिका वडा नम्बर ४ मुडिकुवाका नविन विकको परिवारलाई नगद सहयोग गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीको नेतृत्वमा गएको टोलीले नविन विकलाई नगद ३० हजार रुपैयाँ प्रदान गरेको हो ।
विकको तीन बर्षिय छोरी निकिताको ठाडोखोलामा आएको बाढीले बगाएर भदौ २८ गते ज्यान गएको थियो ।

बाढी बसिरहेको घरमा पस्दा नविनसहित उनकी पत्नीसमेत घाइते भएका थिए । नविनको गोठमा बाधिएका भैसीसमेत मरेको थियो । विकको घर नै बाढीले क्षतबिक्षत पारेको छ । मुडिकुवा क्षेत्रका बाढीपीडित घरहरुको अवलोकन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसाँसद अर्जुनप्रसाद जोशीले विकलाई उक्त नगद सहयोग प्रदान गरेका थिए ।

जोशीले बाढीबाट छोरी गुमाएका र सम्पत्ती नोक्सान भएका विक परिवारलाई आवश्यक आर्थिक सहयोग र पुनस्र्थापनाका लागि राज्यको ध्यानाकर्षण गराउने बताए । आफ्नो पार्टीको तर्फबाट आगामी दिनमा पनि आवश्यक सहयोग उपलब्ध गराउने जोशीले बताए । उनले उद्धारमा खटिएका स्थानीय नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिदै नेपाली काँग्रेस पीडित परिवारको पुनस्र्थापनामा गम्भीर रुपमा लाग्ने बताएका थिए ।

बाढीबाट पु¥याएको क्षतिको अवलोकन तथा मृतकका परिवारलाई राहत बितरणमा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् केन्द्रीय प्रचार विभाग सदस्य राधाकुमारी कुँवर क्षेत्री, महासमिति सदस्य एवम् केन्द्रीय संगठन विभाग सदस्य गंगाधर तिवाारी, नेपाली काँग्रेस पर्वतका जिल्ला कार्य समिति सदस्यहरु डा.चुडामणी शर्मा, दयाराम गौडेल, देबिप्रसाद विलासी लगाएतका नेताहरु पहिरो ग्रस्त क्षेत्रमा पुगेका थिए ।

पूर्व सांसद समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य जोशी नेतृत्वको टोलीले फलेबासको देविस्थान, खानीगाउँलगायतका बाढीपहिरोबाट पीडितहरुको अवस्थाको समेत अवलोकन गरी उनीहरुको राहत तथा ब्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताएको छ ।