२९ भदौ, पर्वत । अविरल बर्षातका कारण पर्वतका ग्रामीण क्षेत्रमा ठूलो मात्रामा क्षति भएको छ । प्राप्त जानकारी अनुसार जिल्लाको फलेवास नगरपालिका वडा न ४ मुडिकुवाको सिर्सुवा भन्ने ठाउँमा बाढिका कारण एक बालिका वेपत्ता भएकी छिन् ।
वडाअध्यक्ष टिकाराम गौडेलले बालिका वेपत्ता भएको पुष्टि गरे । मुडिकुवाको चरी भन्ने ठाउँबाट आएको पहिरोका कारण स्थानीय नविन विकको घर बगाएको छ । घर बगाउँदा उनकी २ बर्षकी निकता विक छोरी वेपत्ता भएकी छिन् । घर पहिरोले बगाएपछि स्थानीयले विक परिवारका ३ जनाको भने सकुशल नै उद्धार गरेका थिए । वडाअध्यक्ष गौडेलका अनुसार घटनास्थल तर्फ प्रहरी सहितको टोलि हिडेपनि बर्षातका कारण वीच बाटोमा रोकिनु परेको जानकारी दिए ।
बर्षातका कारण घरहरु भत्किदा केहि सामान्य मानवीय क्षति भएको र कतिपय घरमा पशु् चौपायको मृत्यु भएको वडाअध्यक्ष गौडेलले जानकारी दिएका छन् ।
। थप विवरण प्राप्त हुन बाँकी




