Print

दुर्घटनामा परी मृत्यु भएका नेपालीको परिवारलाई ५० हजार नगद सहयोग

३१ साउन, पर्वत । ट्याक्टर दुर्घटनामा परी मृत्यु भएका जिल्लाको मोदी गाउँपालिका वडा न ५ बाजुङका भलिबल खेलाडी विजय नेपालीको परिवारलाई नगद आर्थिक सहयोग प्रदान गरिएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएका नेपालीको परिवारलाई बाजुङ्ग क्लब अफ पर्बतले नगद ५० हजार रुपैंया सहयोग गरेको हो ।

नेपालीको मोदी गाउँपालिका वडा न ६ तिलाहारको रातमाटा भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएको थियो । मृतक नेपालीको परिवारलाई घरमै पुगेर नगद रकम सहयोग गरिएको बाजुङ्ग क्लब अफ पर्बतका सचिव प्रकाश सुवेदीले जानकारी दिए ।

मिलनसार, अनुशासित र कुशल खेलाडी गुमाउनु पर्दा आफूहरु निकै भावविह्ल भएको सचिव सृुवेदीले बताए ।

नेपालीको सम्झनामा श्रद्धाञ्जली ब्यक्त गर्दै सचिव  सुवेदीले खेलकुदको क्षेत्रमा पुराएको योगदानको चर्चा गरेका थिए ।