२२ साउन, पर्वत । पर्वतमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीकी ३० वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनमा कोरोना पोजेटिम देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनि सँगै पर्वतमा कोरोना संक्रमितको संख्या १०० पुगेको छ ।
यस अघि ९७ जना निको भएर घर फर्किएका छन् भने उनि सँगै सक्रिय संक्रमितको संख्या तीन पुगेको छ । संक्रमित महिलालाई आईशोलेशनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । आज विहान गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५६६ पुगेको निर्देशनालयले जनाएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको हो ।




