Print

उद्धार र राहतका लागि तयारी अवस्थामा रहन युवा संघ पर्वतको कार्यकर्तालाई निर्देशन

६ साउन, पर्वत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ पर्वतले प्रकोपको उद्धार र राहतका लागि सवै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । संघका जिल्ला अध्यक्ष थमनारायण पौडेलले बर्षायामका कारण बाढि र पहिरोको उच्च जोखिम बढिरहेको भन्दै आकस्मीक रुपमा आइपर्ने विपत्तिमा सहयोग गर्नका लागि युवा संघका कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन ।

पछिल्ला केहि दिनहरुमा निरन्तरको बर्षातका कारण पहिरो र बाढिको जोखिम बढिरहेको छ । पर्वत, म्याग्दी र बागलुङ जिल्लामा कालीगण्डकी नदीको बहाव उच्च हूँदा थप जोखिम बढेको छ । पहिरोका कारण म्याग्दीमा धन जनको क्षति समेत भइसकेको छ युवा संघका जिल्ल अध्यक्ष पौडेलले यस्तो अवस्थामा तत्काल राहत र उद्धार कार्यमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका हुन । पौडेलले सरकारी संयन्त्र समेत तयारी अवस्थामा बसेर राहत र उद्धार कार्यमा लाग्न समेत अनुरोध गरेका छन ।

युवा संघका केन्द्रिय सदस्य बिमल लामिछानेले सवैको सहयोगले विपत्तिको सामना गर्नुपर्ने अवस्था आएको भन्दै जहाँ विपद् त्यहाँ युवा संघ भन्ने नारा सार्थक बनाउन कार्यकर्तालाई आग्रह गरे । उनले तटिय क्षेत्र उच्च जोखिममा रहेको भन्दै चनाखो हुन स्थानीयलाई आग्रह समेत गरेका छन् । रातको समयमा पहिरोको जोखिम अझै बढि हुने भएकाले सवै समयमा जिल्लाबासी सुरक्षित अवस्थामा रहन समेत लामिछनाले आग्रह गरे ।