Print

पत्रकार महासंघ पर्वतको सदस्यता शुद्धिकरण अभियान, नयाँ सदस्यताका लागि आवेदन खुल्ला

६ साउन, पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले पत्रकारितामा क्रियाशिल नरहेका सदस्यहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ । शाखाको आठौं वैठकले पत्रकारिता पेशा छाडेकाहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरेको हो ।

शाखाको वैठकले सदस्यता सुद्धिकरणका सम्बन्धमा गठित उप समितिले दिएको प्रतिवेदनका आधारमा पत्रकारिता पेशाबाट अलग रहेका, सरकारी स्थायी जागिर भएका, जन प्रतिनिधिहरु र राजनैतिक दलको पदाधिकारीमा रहेकाहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरेको शाखाका सचिव गणेश गिरीले जानकारी दिए ।

महासंघका ८५ जना सदस्य मध्ये ३५ जनाको सदस्यता नविकरण नगर्ने कार्य समितिले निर्णय गरेको हो । शाखाको वैठकले नयाँ सदस्यताका लागि पनि आवेदन खुल्ला गरेको छ । आगामी भदौ ४ गते भित्र नियमानुसार सदस्यताको आवेदन दिन सकिने गरी निर्णय गरेको शाखाका सचिव गिरीले जानकारी दिए । पुरानो सदस्यहरुलाई पनि नविकरण गर्न भदौ ४ गतेसम्मको समय निर्धारण गरिएको छ ।

पत्रकार महासंघ जिल्ला शाखा पर्वतको कार्यालय सञ्चालन शिक्षा समन्वय इकाइ पर्वतको मातहतमा रहेको भवनमा राख्नका लागि सहयोग गर्ने ब्यक्ति तथा कार्यालयलाई धन्यवाद ब्यक्त गर्दै कार्य समितिले भवनको थप ब्यवस्थापनका लागि विभिन्न निकायहरुसंग अनुरोध गर्ने निर्णय गरेको छ ।