३१ असार, पर्वत । कृषि ज्ञान केन्द्र, पर्वतले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न कार्यक्रमहरुको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र, पर्वतले केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ८९।३५ प्रतिशत अर्थात ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ ।
केन्द्रीय र प्रदेश सरकार बाट प्राप्त कुल बजेट रु २५ करोड ७२ लाख ८४ हजार मध्ये रु २२ करोड ९९ लाख २ हजार ७ सय ४८ खर्च भएको कार्यालयमा भएको सार्वजनिक सुनुवाई मार्फत कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले सार्वजनिक गरे ।
प्रदेश सरकार तर्फ प्राप्त कुल ५ करोड ८२ लाख ५८ हजार बजेट मध्ये ५ करोड १७ लाख ६३ हजार ७ सय ८० खर्च भई ८८।८५ प्रतिशत प्रगति देखिएको छ भने केन्द्रीय सरकार बाट प्राप्त कुल बजेट रु १९ करोड ९० लाख २६ हजार मध्ये १७ करोड ८१ लाख ३८ हजार ९ सय ६८ खर्च भई ८९।५० प्रतिशत प्रगति देखिएको जानकारी कृषि ज्ञान केन्द्र पर्वतका सुचना अधिकारी कृषि प्रसार अधिकृत विश्वास काफ्लेले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र पर्वतका कार्यक्रमअनुसार साना कृषि मोडेल फर्म अन्तरगत ९३।३५ प्रतिशत, ग्रिनहाउस निर्माण तथा यन्त्रीकरण सहयोग कार्यक्रममा ८९।७३ प्रतिशत, प्राङगारिक खेती प्रर्वद्धन कार्यक्रम तर्फ ९०।१० प्रतिशत, साना सिचाइ कार्यक्रम तर्फ ९०।३८ प्रतिशत र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम तर्फ ८८।५६ प्रतिशत प्रगति भएको कृषि ज्ञान केन्द्र पर्वतका विशेषज्ञ शाखा प्रमुख बागवानी विकास अधिकृत कुमार पुन मगरले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले हालको कोभिड १९ को विषाम परिस्थितिमा पनि यस खालको प्रगति हासिल गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय प्रमुख मनोहर वि पौडेलले कृषि क्षेत्रको विकासको लागि सवैले समन्वय गरेर अघि बढेमा कृषिमा कोरोनाको प्रभावलाई न्युनिकरण गर्न सकिने कुरामा जोड दिए ।




