Print

नेपालमा कोरोना भाइरस कमजोर भएकै हो त ! मुस्ताङमा ८३ बर्षका बृद्धले जिते कोरोना

१६ असार, मुस्ताङ । जिल्ला मंगलबारबाट काेराेनामुक्त भएकाे छ । असार ६ गते काेराेना पुष्टि भएका ८३ वर्षे पुरुष निकाे भएर घर फर्केसँगै मुस्ताङ काेराेनामुक्त भएकाे हाे ।

जेठ ३१ गते काठमाडाै‌ंकाे बाैद्धबाट २० जनाकाे समूहमा आएका ती वृद्धमा आरडिटी पाेजेटिभ आएपछि स्वाब परीक्षण गर्दा पनि पाेजेटिभ आएकाे थियाे ।

उनी घरपझाेङ १ छैराेस्थित तिब्बती शरणार्थी क्याम्पका बासिन्दा रहेकाे जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएकाे छ ।

संक्रमण पुष्टि भएपछि ती वृद्धलाई जाेमसाेमस्थित आइसोलेसन कक्षमा राखिएकाे थियाे । उनकाे सुसारका लागि ज्वाइँ पनि सँगै बसेका थिए । सँगै बसेकाे ज्वाइँमा भने काेराेना देखिएन ।

उनीसँगै आएका गाडीचालकसहित २३ जनामा पनि काेराेना नदेखिएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।