Print

इटालीका डाक्टर भन्छन् – कोरोना भाइरस कम जोखिमपूर्ण बन्दैछ

११ असार, काठमाडौं । इटालीका एक संक्रामक रोग विशेषज्ञ डाक्टरले कोरोना भाइरस ९कोभिड(१९० कुनै खोप नबनेपनि आफैँ हराउने दाबी गरेका छन् ।

टेलिग्रााफले उल्लेख गरे अनुसार सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज क्लिनिकका प्रमुखस डाक्टर माटेओ बसेटीले कोरानो भाइरस अहिले पहिलाको तुलनामा कम जोखिमपूर्ण बनेको र यो अबको केही समयमा आफैं हराएर जाने दाबी गरेका हुन् ।

बसेटीका अनुसार मार्च र अप्रिलको शुरुको तुलनामा अहिलेको अवस्था निकै फरक बनिसकेको छ । उक्त समयमा मानिसहरुलाई यो रोगले निकै च्याप्ने गरेको उनको भनाइ छ । त्यतिबेला यो बिरामीलाई सम्हाल्न निकै कठिन हुने अवस्था देखिएको थियो र मानिसहरुलाई अक्सिजन र भेन्टिलेसनमा राख्नुपर्ने अवस्था देखिएको थियो, जसमध्ये केहीमा निमोनियाको समस्या पनि देखिएको थियो ।

पछिल्लो एक महिनामा भने कोरोना भाइरसका बिरामीको प्रकृति परिवर्तन भएको बसेटीको भनाइ छ । ‘मार्च र अप्रि लमा यो एक आक्रामक सिंहजस्तो देखिएको थियो तर अहिले यो एक बनबिरालो जस्तो देखिएको छ’, उनले भने ‘८० वा ९० वर्षका बिरामीहरु पनि अहिले बेडमा बसिरहेका छन् र श्वासप्रश्वासको लागि कुनै सहयोगको आवश्यकता पनि परेको छैन ।’

कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन गर्ने, मास्क लगाउने, भौतिक दुरी कायम राख्नेजस्ता सुरक्षाका उपायहरुको कारण कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरेको हुन सक्ने उनको भनाइ छ ।

बसेटीले शोधकर्ताहरुले खोप विकास गर्नुभन्दा पहिला नै कोरोना भाइरस हराउन सक्ने पनि उल्लेख गरेका छन् ।

यद्यपि अन्य विशेषज्ञहरुले भने यो भाइरस पूर्णरुपमा हराउन केही वर्ष लाग्न सक्ने बताएका छन् । ‘मलाई यति छिटै कोरोना भाइरस हराउँछ जस्तो लाग्दैन’, बेलायतको युनिभर्सिटी अफ एक्सेटर मेडिकल स्कुलका प्राध्यापक भरत पंखानियाले बताए ।

त्यस्तै विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले पनि कोरोना भाइरसको कारण अहिले झन् धेरै मानिसहरुको मृत्यु भइरहेको बताएको छ । डब्ल्यूएचओले अहिलेसम्म कोरोना भाइरसको स्वरुप परिवर्तन भएको पनि बताएको छैन । डब्ल्यूएचओले बसेटीको दाबीलाई पुष्टि गर्ने किसिमको कुनै पनि स्पष्ट अनुसन्धान नभएको बताएको छ ।

डब्ल्यूएचओको हेल्थ इमर्जेन्सिजका निर्देशक डाक्टर माइकल रयानले अहिलेसम्म कोरोना भाइरस कमजोर बन्दै गएको वा स्वरुप परिवर्तन गरिरहेको भन्ने दाबीलाई पुष्टि गर्ने डेटाहरु नपाइएको बताएका छन् ।

स्रोत ः न्युयोर्क पोस्ट