Print

पर्वतमा यसरी फैलियो समुदायमा कोरोना संक्रमण…

१० असार, पर्वत । जिल्लामा कोरोना संक्रमण अव भने तेस्रो चरणमा पुगेको पुष्टि भएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ का एक युवालाई उपचारको क्रममा पोखरामा संक्रमण देखिए पछि गरिएको कन्ट्रक्याट ट्रेसिङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै क्वारेन्टाइन बाहिर समुदायमा पनि कोरोना संक्रमण फैलिएको औपचारिक पुष्टि भएको छ । यस भन्दा पहिले स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिए पछि गरिएको ट्रेसिङमा स्वास्थ्यकर्मीको परिवारमा पनि संक्रमण पुष्टि भएको थियो ।

गत जेठ २१ गते कुश्मा नगरपालिका वडा न ३ का एक युवा रातको समयमा मोटरसाइकल दुर्घटना परी घाईते हुन्छन् । घाइते युवालाई उपचारका लागि सिधै पोखराको मणिपालमा लगियो । उनको उपचाई भइरहदा जेठ ३० गते उनमा कोरोना संक्रमण पुष्टि भयो ।

अस्पतालमा उपचारत उनमा संक्रमण देखिए पछि अस्पताल बाटै संक्रमण सरेको भन्ने आशंका पनि उब्जिए । अस्पतालका सवै कर्मचारीको रिर्पोट नेगेटिभ आए पछि भने असार ३ गते मात्र स्वास्थ्य कार्यालय पर्वतले उनको परिवार सहित पर्वतमा सम्पर्कमा रहेका १२ जनाको स्वाब संकलन गरयो । कुश्मा ३ आम्बोट बस्ती नजिक उनको सम्पर्कमा रहेकाहरुको खोजी गरी स्वाब संकलन गरिएको थियो । असार ५ गते नयाँ घटनाक्रम विकसित भयो । पर्वत अस्पतालका ५ जनामा संक्रमण पुष्टि भयो ।
स्वास्थ्यकर्मीलाई कोरोना अस्पतालबाट संक्रमण सरयो या समुदायबाट त्यो निक्यौल भईसकेको छैन । तर, स्वास्थ्यकर्मी संक्रमीत भएको ३ दिनपछि स्वास्थ्यकर्मीको परिवारमा समेत संक्रमण देखियो । यति मात्र होइन, आम्बोट बस्ती थप ४ जनामा असार ९ गते पुनः संक्रमण देखियो । घाइते युवाको परिवार उनको एक होटल ब्यवसायी साथीलाई पनि संक्रमण देखिएको छ । योसंगै अव समुदायमा संक्रमण फैलिसकेको पुष्टि हुन बाँकी रहेन ।

स्वास्थ्यकर्मी र ति युवामा कसरी संक्रमण फैलियो भनेर अव अध्ययन हुन जरुरी देखिएको छ । संक्रमीत युवा राजमार्ग छेउका होटल ब्यवसायी समेत भएका कारण होटलमा आउनेहरुबाट संक्रमण सरेको पनि हुनसक्छ । अथवा, उनी कोहि संक्रमीत ब्यक्तिको सम्पर्कमा आएको हुनुपर्छ । उनको ट्राभल हिस्ट्री छैन् । यसैले उनलाई संक्रमण पर्वत जिल्ला भित्रैबाट सरेको देखिन्छ ।

एकातर्फ, अहिलेसम्म ७ जना स्वास्थ्यकर्मी र उनीहरुको सम्पर्कमा रहेका २ जना गरी ९ जना स्थानीय संक्रमीत भएका छन् । अर्को तर्फ घाइते युवा सहित अन्य ४ जना पनि स्थानीय नै संक्रमीत भएका छन् । यसरी हेर्दा ट्राभल हिस्ट्री नभएका जिल्लाका ११ जना संक्रमीत बनेका छन् ।

घाइते युवा २१ जेठमा दुर्घटनामा परेको हुँदा त्यस अघि नै उनमा संक्रमण भएको अनुमान गर्न सकिन्छ । यसरी हेर्दा झण्डै ३ हप्ता अघि देखि नै समुदायमा संक्रमण सक्रिय रहेको बुझन सकिन्छ ।  स्वास्थ्य कार्यालय र पर्वत अस्पतालले श्रोत पत्ता लगाउने प्रयास गरीरहेको छ ।