६ असार, पर्वत । मनसुनको शुरुवात भएदेखि केहि दिन निरन्तर पानी परीरहेको छ । निरन्तरको बर्षातका कारण पर्वत जिल्लाका नदी आसपासका तटिय क्षेत्रहरु उच्च जोखिममा रहेका छन् । बर्षातका कारण नदी नालाहरुको सतह उच्च भएको छ । यसले कुनै पनि बेला तटिय क्षेत्रहरु डुवानमा पर्नसक्नेछन् । अर्को तर्फ निरन्तरतको बर्षातका कारण कतिपय वस्तीहरु उच्च जोखिममा रहेका छन् ।
केहि दिन पहिले मात्रै पर्वतको दुर्लुङमा खण्ड बृष्टिका कारण पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ । जिल्लाका अन्य पहाडी भु भागहरुमा पनि पहिरो जानसक्ने भएकाले स्थानीयबासीलाई सुरक्षित अवस्थामा रहन सरकारले अनुरोध गरीरहेको छ ।
पर्वत जिल्लाको तटिय क्षेत्रहरु कालीगण्डकी नदी आपपासमा उच्च जोखिम क्षेत्र मानिन्छ । मुख्य गरी पर्वतको वेनी बजार, लस्तीबजार, मालढुंगा, मोदीवेणी र सेतीवेणी क्षेत्र डुवानको खतरामा छन् । पानीको वहाव उच्च हुँदा कालीगण्डकी नदी तटिय क्षेत्रमा उच्च सुरक्षा अपनानुपर्ने हुन्छ ।
बर्षातका कारण खोला र नदीहरुको बहाव उच्च भएको छ । उता, पातिखोला, सेतीखोला र मोदीखोलाको तटिय क्षेत्रह पनि उच्च जोखिम क्षेत्रमा पर्दछन् ।




