Print

स्वास्थ्यकर्मीमा संक्रमण : जस्ले अरुलाई बचाउन लागे, उनीहरु आफै संक्रमीत बने

५ असार, पर्वत । जिल्लामा अनौठो संयोग भएको छ । संक्रमीत ८ जनाले कोरोना जितेको भोलिपल्ट तिनै संक्रमीतको उपचारमा खटिएका स्वास्थ्यकर्मीको रिर्पोट पोजेटिभ आएको छ । कोरोना संक्रमणबाट जिल्लालाई मुक्त गर्नका लागि जिल्लाका स्वास्थ्यकर्मीहरु शुरु देखि नै खटिरहेका छन् । अरु जिल्लाको तुलनामा ब्यवस्थित तरिकाले संक्रमण न्यूनिकरणको कार्य योजना समेत निर्माण गरेर अघि बढेको पर्वतमा ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमीत भएका छन् ।

कोरोना रोगको उपचारका लागि जिल्ला अस्पतालकै पहल र अगुवाईमा कोरोना विशेष अस्पतालको स्थापना गरिएको छ । उक्त अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै अहिले संक्रमीत बनेका छन् । पर्वतको कोरोना अस्पताल गण्डकी प्रदेशमै उदाहरणीय बनाउने कार्यमा स्वास्थ्यकर्मीको पनि योगदान छ । सरकारले लक डाउन घोषणा गरेसंगै तत्कालीन प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, पर्वत अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटा, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी लगाएतले स्थानीय पालिकाको सहयोग जुटाएर कोरोनाको अस्थायी अस्पताल स्थापना गरेका छन् ।

संक्रमीतहरुलाई उपचार गर्नका लागि बजार देखि केहि दुरीमा रहेको कोरोना अस्पताल गुप्तेश्वर बहुमुखी क्याम्पसको भवनमा सञ्चालीत छ । अस्पतालमा पहिलो पल्ट ५ जना संक्रमीत भर्ना भएका थिए । उनीहरुको उपचारका लागि पर्वत अस्पतालले स्वास्थ्यकर्मीको आलोपालो सिस्टम बनाएको थियो । २ विशेषज्ञ डाक्टर सहित ४ स्वास्थ्यकर्मी र एक जना सहयोगी खटिने गरी कार्य योजना निर्माण गरियो ।

संक्रमीतको उपचारमा खटिएकाहरु मध्ये ५ जनालाई नै अहिले संक्रमण पुष्टि भएको छ । उपचार भएर ८ जना संक्रमीत डिस्चार्ज हुँदा ५ जना स्वास्थ्यकर्मी संक्रमीत हुनुलाई संयोग मात्र मान्न सकिन्छ । हिजो मात्रै डिस्चार्ज भएकाहरुले स्वास्थ्यकर्मीहरुले निरन्तर निगरानी गरेको र उनीहरुको ब्यवहार पनि सन्तोषजक रहेको प्रतिक्रिया दिइसकेका छन् ।

कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु ७ दिन क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाइएको छ । उनीहरुको पिसिआर चेक गरेपछि मात्रै पर्वत अस्पतालमा नियमित काममा गर्ने ब्यवस्था मिलाइएको थियो । तर, समयमा स्वास्थ्यकर्मीको पिसिआर रिर्पोट नआउँदा स्वास्थ्यकर्मीहरु नियमित काममा जुटेका थिए । प्रमुख जिल्ला अधिकार शुम्भ रेग्मी भन्छन–‘विरामीको भिड बढेपछि विरामीको सेवा गर्न मनसायले उहाँहरुले विरामी जाँच गर्नुभएको रैछ ।’ रेग्मीले समयमा रिर्पोट नआउँदा स्वास्थ्यकर्मीहरु नियमित काममा फर्किएको बताए ।

संक्रमीत स्वास्थ्यकर्मी पर्वत अस्पतालमै नियमित काममा भइरहेको कारण अस्पतालमा अरुलाई संक्रमण स¥यो कि सरेन भन्ने कुराको जानकारी भने थप ब्यक्तिहरुको परिक्षण पछि थाहा लाग्नेछ । संक्रमीत स्वास्थ्यकर्मीहरुलाई अहिले ब्लु एन्जल होटलमा राखिने प्रजिअ रेग्मीले जानकारी दिए । अस्थायी रुपमा अर्को ब्यवस्था नहुञ्जेल सम्मका लागि उनीहरुलाई आइसोलेसनको रुपमा ब्लु एन्जल होटलमा राखिनेछ ।

संक्रमण समुदायमा जाने जोखिम बढेसंगै माक्स लगाउने कार्यलाई अनिवार्य गर्ने अत्यावश्यक बाहेकका पसलहरु खोल्न नदिने र भिड भाड गर्न नदिने समेत निर्णय गरेको प्रजिअ रेग्मीले जानकारी दिए ।