Print

भारतबाट घर फर्कदै गरेका युवा कुश्मा आइपुग्दा बसबाट हाम फाले, अवस्था गम्भिर

१ असार, पर्वत । भारतबाट आफ्नो घर बागलुङ फर्कदै गरेका एक युवा वसबाट हाम फालेका छन् । सुनौलि नाका हुँदै नेपाल प्रवेश गरेका उनी कुश्मा नगरपालिका वडा न ८ स्थित चुवाको भिरमा आइपुग्दा बसबाट हाम फालेको प्रहरी निरिक्षण बुद्धि सुवेदीले जानकारी दिए । बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले बसबाट हाम फालेका हुन ।

सोमबार बिहान मध्यपहाडी लोकमार्गका पोखरा बागलुङ सडक अन्तर्गत कुश्मा खण्डको चुवा भन्ने ठाउँमा उनी बसबाट हाम फालेको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिए । वसबाट हाम फालेका उनलाई जिल्ला अस्पतालमा सामान्य उपचार गरी पोखरा थप उपचारका लागि रिफर गरिएको छ । उनको टाउकोमा गम्भिर चोट लागेको प्रहरीको भनाई छ । उनले मानसिक औषधि पनि सेवन गर्दै आइरहेको प्रहरी निरिक्षण सुवेदील्े जानकारी दिए ।

लु २ ख ४२२० नम्बरको बसबाट उनी हाम फालेका हुन । बसमा पर्वत, बागलुङ र म्याग्दीका मानिसहरु घर फर्कदै थिए । उनको उद्देश्य आत्महत्या गर्नु रहेको प्रारम्भि निश्कर्षमा प्रहरी पुगेको छ ।