२५ जेठ, पर्वत । पर्वत जिल्लामा करिब १४ महिना देखि कार्यरत प्रहरी प्रमुख डिएसपी श्यामु अर्याललाई पर्वतका बिभिन्न संस्थाले बिदाई गरेका छन ।
पर्वतको प्रहरी प्रमुखबाट गण्डकी प्रदेश शसस्त्र प्रहरी गणमा सरुवा भएर जान लाग्नु भएका अर्याललाई पर्वतका एक दर्जन भन्दा बढी संस्थाले बिदाई गरेका हुन ।
प्रनाउ अर्याललाई पर्वत उद्योग बाणिज्य संघले एक कार्यक्रम बिच आइतबार बिदाई गरेको छ । बिदाई कार्यक्रममा बोल्दै प्रनाउ अर्यालले पर्वत जिल्लामा बाहिर हल्ला गरे जस्तो काम गर्न कठिन नरहेको बताउँदै रोजेरै पर्वत जिल्ला आउने वातावरण भएको बताए ।
पहिले प्रहरी निरीक्षक हुँदा बसेको जिल्लामा रोजेरै आफुँ पनि आएको बताउँदै जिल्लामा रहँदा सबै पक्षको समन्वय र सहयोगमा बिबादरहित ढंगले काम गर्ने अवसर पाएको दोहोराए । उनले आफ्नो कामको दौरानमा एक दिन पनि बिबाद नभई जान पाउनु सबैभन्दा गौरबको बिषय भएको उल्लेख गरे ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले प्रहरी प्रमुख अर्यालको कार्यकाल पर्वतको ब्यबसायिक क्षेत्र संग समन्वय र सहकार्यको उत्कृष्ट नमुना भएको बताउँदै यस्तै सहकार्य सधै भैरहने अपेक्षा पनि राखेका थिए ।
भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्थाले जिल्लामा शान्ति सुरक्षा, अमनचयन र भ्रष्टचार नियन्त्रणका लागि प्रनाउ अर्यालको भूमिका महत्वपुर्ण रहेको बताउँदै प्रशंसा योग्य काम गरेकोमा बधाई पनि दिए ।
यसैगरी सामुदायिक सेवा समाज पर्वतले पनि प्रनाउ अर्याललाई बिदाई गरेको छ । समाज संगको सहकार्यमा सार्वजनिक अपराधको नियन्त्रण, समाजमा भयरहित वातावरण सृजना गर्ने देखि सामाजिक मेलमिलापको उत्कृष्ट कार्यकाल बन्न सकेको भन्दै प्रशंसा गरे ।
प्रनाउ अर्याललाई जिल्ला प्रशासन कार्यालय, कुस्मा नगरपालिकाका जनप्रतिनिधीहरु, कर्मचारी मिलनकेन्द्र, पर्वत ब्याडमिन्टन संघ, मोदीकाली ब्याडमिन्टन संघ, गुप्तेश्वर धार्मिक तथा पर्यटकीय बिकास संस्था, एकता युबा क्लब लगायत बिभिन्न सामाजिक संघ संस्थाले बिदाई गरेका हुन ।
पर्वतमा १४ महिना बिताएका अर्याल कमै बिबादमा आउने र सबैलाई समन्वय गरेर काम गर्ने प्रहरी प्रमुख मानिन्छन । उनको कार्यकालमा समुदाय र साझेदारी कार्यक्रम प्रत्येक वडामा पु¥याउने र आफै समुदायमा पुगेर शान्ति सुरक्षा र अमनचयनका बिषयमा समुदाय संग सहकार्य गरेका थिए । अपराधका घटना देखि दुर्घटना सम्म पनि कम भएको आँकडा देखिन्छ ।




