९ जेठ, पर्वत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद पदम गिरी कोरोना विरुद्धको अभियानमा जुटेका छन् । कोरोनाको महामारी फैलदै जाँदा त्यसको रोकथामका लागि कोराना उपचार गर्ने अस्पतालका लागि ३ महिना बराबरको तलब सहयोग गरेका सांसद गरी यतिबेला गरिबको घर घरमा राहतका सामाग्री लिएर पुगेका छन् ।
संघिय राजधानीमा मजदुरी पेशा गरीरहेका विपन्न परिवारका लागि राहत वितरण कार्यमा सांसद गिरी जुटेका हुन् । संसद वैठक आगामी १३ गतेसम्मका लागि स्थगीत भए पछि उनी अहिले पर्वत जिल्लाबाट काठमाण्डौंमा बसोबास गर्नेहरुलाई राहत सहयोग गरीरहेका छन् । विरामी, मजदुरी गर्ने र विद्यार्थीहरु ५५ दिन भन्दा बढि लामो लक डाउनका कारण समस्या परेका छन् । उनीहरुलाई गिरीले खाद्यन्न सहयोग गरेका छन् । कतिपय पर्वत जिल्ला भन्दा बाहिरबाट काठमाण्डौंमा बस्नेहरुलाई पनि सांसदले राहत कोष सहयोग गरीरहेका छन् ।
बढिजसो जिल्लाबासीहरु आफूलाई सम्पर्क गर्ने हुँदा उनीहरुलाई प्राथमिकतामा राखेर आफूले सहयोग सामाग्रीहरु उपलब्ध गराएको उनले जानकारी दिए । सांसद गिरीले समस्यामा परेकाहरुलाई घर घरमा पुगेका राहत सामाग्री हस्तान्तरण गरीरहेका छन् । उनले लक डाउनका कारण समस्यामा पर्ने जो कोहिलाई पनि सके आफूले राहत र अन्य सहयोग उपलब्ध गराउने बताएका छन् । विपद्को यो घडिमा कोहि पनि समस्यामा नपरोस, कोहि पनि भोकै बस्न नपरोस भनेर आफूले यस्तो अभियान सञ्चालन गरीरहेको सांसद गिरीको भनाई छ । सांसद गिरी पर्वत जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । सांसद गिरीले यस अघि पर्वत जिल्लामा कोरोना रोगको उपचारका लागि आफ्नो ३ महिना बराबरको तलब हस्तान्तरण गरेका थिए । उनी नेपाल कम्युनिष्ट पार्टी पर्वत जिल्ला कमिटिका अध्यक्ष समेत हुन ।




