Print

जीप दुर्घटना हुँदा २ जना घाइते

६ जेठ, बागलुङ । जिल्लाको गलकोट नगरपालिका वडा नं. ३ लमहीमा मंगलबार बिहान पीकअप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । उपल्लो लमहीबाट हटियातर्फ जाँदै गरेको ग २ च ५९८० नम्बर पिकअप दुर्घटना हुँदा गनपा–३ लमहीकी ७२ वर्षिया भविकला बस्नेत र उनका २६ वर्षिय नाती विष्णु बस्नेत घाइते भएको प्रहरी चौकी हटियाका प्रहरी नायव निरीक्षक अनुप खत्रीले जानकारी दिए ।

घाइते भविकला खत्रीको बाँया हात र विष्णु खत्रीको निधारमा चोट लागेको छ । घाइतेको हटियास्थित आरोग्य हस्पिटलमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको प्रनानि केसीले बताए । ब्रेक फेल भएर पिकअपसडकबाट करिब एक सय मिटर तल खसेको छ ।

पिकअप चालकलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिचौरमा पठाईएको प्रनानि खत्रीले जानकारी दिए ।