४ जेठ, काठमाण्डौं । कोरोनाबाट संक्रमीत हुने र मृत्यु हुनेको तस्विर मिडियामा र सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रेस काउन्सिलले पुनः ध्यानाकर्षण गराएको छ । केहि अनलाईन मिडियाले चर्चा कमाउन र भिजिटर बढाउनकै लागि मृतक र संक्रमीतका तस्विरहरु सार्वजनिक गर्दै आइरहेका छन ।
प्रेस काउन्सिल र स्वास्थ्य तथा जनसख्या मन्त्रालयलले पटक पटक तस्विर र विवरण सार्वजनिक नगर्न अनुरोध गरे पनि मिडिया र सामाजिक सञ्जालवालाहरुले अटेर गर्दै आइरहेका छन ।
आज एक विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिलले पत्रकारीताको आचारसंहिता पालना गर्न निर्देशन समेत दिएको छ ।





