२२ वैशाख, पर्वत । सरकारले घोषणा गरेको लक डाउनको ४२ औ. दिन पुगेको छ । आगामी वैशाख २५ गते डेढ महिना (४५ दिन) लक डाउनको अवधि पुग्नेछ । सरकारले महामारीको प्रक्षेपण गरी कोरोना भाइरसबाट बच्नका लागि घोषणा गरेको लक डाउनले जनजीवन प्रभािवत भएको छ ।
प्रक्षेपण गरिएको दरमा कोरोना संक्रमण नफैलिए पछि लक डाउनको मोडलका विषयमा उच्च स्तरीय कोरोना नियन्त्रण समितिमा छलफलल शुरु भएको छ । अवको चरणमा लक डाउन मात्रै कोरोना नियन्त्रणको अस्त्र नभएको विज्ञहरुले बताईरहँदा सरकारले लक डाउनको मोडलका विषयमा छलफल थालेको हो ।
सरकारले लक डाउनको मोडल तयार गर्नका लागि उच्च स्तरीय समितिमा सुरक्षा निकायलाई लक डाउनको मोडल प्रस्तावको लागि गरेको अनुरोध अनुसार समितिले लक डाउन खुकुलो बनाउने गरी प्रस्ताव लगेको छ । विज्ञहरुले लक डाउन मात्र अवको विकल्प नभएका कारण परिक्षणको संख्या बढाउनुपर्ने सुझाब दिइरहेको बेला समितिलाई सुरक्षा समितिले दिएको सुझाबमा पर्वत जिल्ला भने एल्लो जोनमा परेको केन्द्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गण्डकी प्रदेशको बागलुङ जिल्लालाई मात्रे रेड जोनमा राख्न समितिले सुझाब दिएको छ । बाँकी जिल्लाह मध्ये पर्वत, म्याग्दी र नवलपुरलाई भने एल्लो जोनमा राख्न समितिको सुझाब छ । प्रदेशका अन्य जिल्लाहरु भने ग्रिन जोनमा परेका छन । संक्रमण प्रभावित क्षेत्रलाइ रेड जोन, संक्रमण उन्मुख स्थानहरुलाई एल्लो जोन र संक्रमण नभएका क्षेत्रलार्ई ग्रिन जोनको अवधारणा अघि सारेको छ ।
यो मापढण्ड लागु भएपछि ग्रीन जोनमा पर्ने जिल्लाहरुमा लक डाउन पूर्ण रुपमा खुल्ला हुनेछन । एल्लो जोनमा रहेका जिल्लाहरुमा लक डाउन कायम गरी मुख्य क्रियाकलापहरु मात्र सञ्चालन गर्ने सरकारको तयारी छ । संक्रमण भेटिएका रेड जोनका जिल्लाहरुमा भने लक डाउन पूर्ण रुपमा लागू हुनेछ ।




