१६ वैशाख पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले अवैध मदिरा ढुवानी गर्ने जीपलाई नियन्त्रणमा लिएको छ । ग १ ज ७४५४ नम्बरको बोलेर जीप जिल्ला प्रहरी कार्यायलले नियन्त्रणमा लिएको हो ।
लक डाउनको बेला अत्यावश्यक खाद्यन्न सामाग्री बाहेक ओसार पोसारमा प्रतिबन्ध लगाइएको छ ।
प्रतिबन्ध उल्लघन गरी मदिरा ओसार पोसार गर्ने जीपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जीपबाट ५ कार्टुन पानस, करुवा नामको अवैध र कम गुणस्तर भएको १ सय ५० बोत्तल मदिरा र ५ वटा कार्टुनमा रहेको १ सय ५० वटा फटाफट नामक मदिरा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कुल ३ सय बोत्तल अवैध मदिरा पर्वत प्रहरीले नियन्त्रणमा लिएको हो । यसैगरी प्रहरीले सवारी पास विना नै सञ्चालनमा आएका १६ वटा सवारी साधनलाई नियन्त्रण लिई आवश्यक कारबाही गरेको छ ।




