१० वैशाख, पर्वत । कोरोना आशंकामा थ्रोड स्वाब संकलन गरिएका थप ३ जनाको नेगेटिभ रिर्पोट आएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतमा थप ३ जनाको रिर्पोट नेगेटिभ आएको हो ।
यस अघि ६८ जनाको थ्रोड स्वाबल संकलन गरिएको र उनीहरु सवैको रिर्पोट नेगेटिभ आएको थियो ।
पछिल्लो दिनमा थप ३ जनाको समेत गरी कुल ७१ जनाको थ्रोड स्वाब रिर्पोट नेगेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वाबल संकलन गरिएकाहरुको विवरण भने पर्वत जिल्ला अस्पतालले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
पर्वत जिल्लामा हालसम्म कुल ३ सय ४७ जनाको आरडिटि परिक्षण गरिएकोमा सवैको रिर्पोट नेगेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।
यद्यपि आरडिटि परिक्षणमा भने स्वयम् चिकित्सकहरुले आशंका जनाएका छन । आरडिटि परिक्षण पछिल्लो दिनमा भाइरस पत्ता लगाउन असफल भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।




