२ वैशाख, बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित १९ बर्षिय किशोरीको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।
नेपालको पाँचौं बिरामीको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । सोमबार उक्त स्वाबको रिपोर्ट पोजेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिए । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ ।
४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ बर्षिय युवतीको चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै २१ चैतमा दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको थियो ।
अस्पतालको आइसोलेसनमा उपचाररत उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । यस अघि कोरोना संक्रमित बानपा–३ की ६५ वर्षिय महिलाको पनि दोस्रो रिपोर्ट पोजेटिभ आएको थियो ।
यस्तै, ¥यापिट टेष्टमा संकास्पद लक्षण भेटिएकी बागलुङ काठेखोला–६ की ६५ वर्षिय महिलाको ‘स्वाव’ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।




