२८ चैत, पर्वत । पर्वतमा रासायनीक मलको यथेष्ट स्टोर रहेको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले बताएका छन । लक डाउन पूर्व नै स्टोर गरिएका कारण पर्वतमा रासायनिक मलको अहिलेसम्म अभाव नरहेको बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले बताएका हुन ।
अहिले पर्वतमा १६ सय बोरा युरिया, ४ सय बोरा डिएपि स्टोरमा रहेको कारण तत्काल मलको अभाव भने नहुने रेग्मीले जानकारी दिए । उनले मल ढुवानीका लागि जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा ट्याकटरका लागि ढुवानीको प्रवन्धमा सहजता ल्याइएको समेत जानकारी दिए ।
मल ढुवानी गर्न चाहने सहकारीहरुले मल ढुवानी गरीरहेको बताउँदै कृषकले खोजकै बेलामा मल उपलब्ध गराउने गरी कार्यालयले तयारी गरेको रेग्मीको भनाई छ । नीजि मोटरसाइकल वा गाडीमा मल ढुवानीको अनुमति नदिइएको भन्दै ठूला परिणाममा मल ढुवानी गर्नका लागि पर्वत जिल्लामा समस्या नभएको उनले बताए ।
‘चैत धान रोप्ने समय भएका कारण यो बेलामा कतिपय कृषकहरुलाई मलको आवश्यकता पर्दछ’ उनले भने –‘हामीले मल वितरण कार्यमा सहजता ल्याएका छौं ।’ लड डाउनका कारण बजारहरु सुनसान भए पनि कृषकहरु खेतबारीमा काम गरीरहेको भन्दै सामाजिक दुरी कायम गरेर आफ्नो खेती गर्दा कुनै समस्या नरहेको समेत रेग्मीको भनाई छ ।




