Print

विदेशबाट पर्वतमा फर्केकाहरुको कोरोना परिक्षण शुरु, आज ८ जनाको स्वाब संकलन

२३ चैत, पर्वत । बिदेशबाट फर्केका ८ जना ब्यक्तिको कोरोना परिक्षणका लागि थ्रोड स्वाब संकलन गरिएको छ । पर्वत कोरोना अस्पतालले कुश्मा नगरपालिका भित्रका ८ जनाको थ्रोड स्बाव संकलन गरेको डा. शिशिर देवकोटाले जानकारी दिए ।

अस्पतालले जिल्ला भरीमा विदेशबाट फर्केकाहरुको परिक्षण गर्ने कार्य शुरु गरेको छ । यहि क्रममा ८ जना बिदेशबाट फर्केका ब्यक्तिको थ्रोड स्वाब संकलन गरिएको डा. देवकोटाको भनाई छ ।

सोमबार जलजला गाउँपालिकामा १० जनाको संकलन गर्ने तयारी रहेको डा. देवकोटाले जानकारी दिए ।

जिल्लामा चैत्र यता पर्वतमा ३ सय १६ जना बिदेशबाट आएका ब्यक्ति रहेका छन । त्यस मध्ये भारत बाहेक अन्यत्र मुलुकहरुबाट आउनेको संख्या १ सय ३ जना रहेको छ भने भारतबाट २ सय १३ जना रहेको पर्वत अस्पतालले जनाएको छ ।

उनीहरुको क्रमशः स्वाब संकलन कार्य गरिने डा. देवकोटाको भनाई छ । आइतबार स्वाब संकलन गरिएकाहरुको रिर्पोट सोमबारसम्ममा आइपुग्ने देवकोटाले जानकारी दिए ।