Print

विपद् ब्यवस्थापन कोषमा सहयोग गर्न मोदी गाउँपालिकाको अनुरोध

१८ चैत, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले विपद् ब्यवस्थापन कोषमा सहयोग गर्न आब्हान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले विपद् कोषमा स्वच्छिक रुपमा सहयोग गर्न आब्हान गरेका हुन ।

मंगलबार एक सुचना प्रकाशित गर्दै क्षेत्रीले गाउँपालिकाले यस अघि ३ लाख विपद् सहयोग कोष घोषणा गरेको स्मरण गराउँदै निम्न वर्गहरुको लागि स्वच्छिक रुपमा सहयोग गर्न सवैलाई अुरोध गरेका हुन ।

उनले कसैले खाद्यन्न सहयोग गर्न चाहेमा गाउँपालिकाको खाद्यन्न वैंकमा जम्मा गर्न उनले अनुरोध गरेका हुन । खाद्यन्न भने ५ हजार बराबरको हुनुपर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आफू खुशी सहयोग वितरण नगर्न समेत सचेत गराएको छ ।

गाउँपालिकाको अनुमति लिएर विपन्न वर्ग पहिचान गरेर मात्र सहयोग हस्तान्तरण गर्न क्षेत्रीले सुचनामा उल्लेख गरेका छन ।

यी समाचार सामाग्री पनि पढौं

मोदी गाउँपालिकाले निर्माण गरयोे क्वारेन्टाइन, विदेशबाट फर्केका सवैलाई क्वारेन्टाइनमा बस्न आग्रह

 

अति विपन्न परिवारलाई मोदी गाउँपालिकाले राहत दिने, कोरोना विरुद्ध गाउँपालिकाको यस्तो छ तयारी