Print

पर्वत कोराना अस्पतालको आइसोलेसनमा ४ जना, दुई जनाको स्बाव आज पठाइयो

१७ चैत,पर्वत । पर्वत जिल्लाको कारोना अस्पतालको आइसोलेसनमा ४ जना भर्ना भएका छन । सोमबारसम्म अस्पतालमा ४ जना परिक्षणका लागि आइसोलसनमा भर्ना भएको डा. शिशिर देवकोटाले जानकारी दिए ।

अहिले आइसोलेनमा ३ जना पुरुष र १ जना महिला रहेका छन । ति मध्ये १ जना महिलाको स्बाव परिक्षणको रिर्पोट आउन बाँकी रहेको छ । आइसोलेसनमा रहेका मध्ये २ जनाको स्बाव परिक्षणका लागि काठमाण्डौं आजै पठाइएको डा. देवकोटाले जानकारी दिए ।

यस अघि बागलुङका एक युवाको परिक्षण रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको छ ।

यसैगरी पर्वत जिल्लामा कुल ३ सय ४४ वटा वेड सहितको सरकारी क्वारेन्टाइन निर्माण भएको छ ।

विभिन्न वडा तथा पालिकाहरुले ति क्वारेन्टाइनको निर्माण गरेका हुन । ति मध्ये सरकारले नै निर्माण गरेको क्वारेन्टाइनमा २ पुरुष र २ महिला बसिरहेको डा. देवकोटाको भनाई छ ।