१५ चैत, पर्वत । बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी बागलुङकी १९ बर्षिया युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । उनी बागलुङ नगरपालिका–४ की वासिन्दा हुन् । कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते विहान त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा झरेकी उनी सोही दिन नै बागलुङ आइपुगेकी हुन् ।
बिहान १० बजे काठमाडौं झरेकी उनी अन्तराष्ट्रिय बिमानस्थलबाट सिधै आन्तरिक बिमानस्थलमा ट्याक्सीमा गएकी थिइन । त्यहाँबाट उनी दिउसो १२।४५ को एति एयरलाईन्सको ६७९ विमानमा पोखरा झरिन् ।
पोखरा विमानस्थलबाट ट्याक्सीमा जिरो किमी आईपुगेकी उनलाई त्यहाँबाट स्कारपियोले बागलुङ बजार ल्याएको हो । ६११२ नं।को स्कारपियोको सवै सिटमा यात्रु थिए ।
बेल्जियमबाट उनीसंगै बागलुङसम्म अर्की एक महिला पनि आएकी थिईन । ६५ बर्षिय ती महिला भने अहिले पनि स्वस्थ छिन् । उनमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन । काठमाण्डौ झरेपछि युवतीसंगै ट्याक्सीमा आन्तरिक विमानस्थल गई जहाजमा पोखरा र त्यहाँबाट बागलुङसम्मै अर्का एक युवा पनिसंगै आएका थिए ।
उनमा पनि कुनै समस्या छैन् । कोरोना भाइरसको लक्षण केही पनि आफुमा नदेखिएको ती युवाले वताए ।
घरसम्मै स्कारपियोमा पुगेकी युवती त्यहाँ हजुरबा, हजुरआमा र वुवाका साथ वसेकी छिन् । सुरुमा उनलाई ज्वरो आएर खोकी लागेपछि आफै चिकित्सकको सम्पर्कमा आएकी हुन् ।




