१५ चैत, पर्वत । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।
संक्रमित महिला बागलुङ नगरपालिकाकी वडा न ४ बासिन्दा हुन ।
उनमा संक्रमणको लक्षण नदेखिएको वडाअध्यक्ष धुव्रबहादुर केसीले जानकारी दिए । उनले भने–‘ल्याव परिक्षणको लागि ¥याल निकाल्न म पनि गएको थिए, तर उनी विरामी थिइनन् । ”
उनले विरामी नभएका कारण युवतीलाई अस्पतालमा समेत नलगिएको जानकारी दिए ।
रिर्पोटमा पोेजेटिभ आएसंगै उनलाई सुरक्षित तरिकाले अस्पतालमा पुराउन लागिएको समेत जानकारी दिए ।




