Print

शिवालय बहुमुखी क्याम्पसको नवौ बार्षिकोत्सव तथा छैटौ साधारण सभा सम्पन्न

११ फागुन, पर्वत । शिवालय वहुमुखी क्याम्पसको नवौँ वार्षिकोत्सव तथा छैटौँ साधारण सभा सम्पन्न भएको छ । आईतवार विधालयमा एक औपचारिका कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी तथा जिल्ला समन्वय समिती पर्वतका संयोजक मनोहर वि पौडेलले उच्च शिक्षामा राज्यले विशेष ध्यान पु¥याउनु पर्ने वताए।

देश लाई आवश्यक पर्ने जनशक्ति उच्च शिक्षा वाट नै उत्पादन हुने भन्दै उच्च तहमा प्राविधिक तथा वैज्ञानिक शिक्षामा राज्यले उच्च लगानी गर्नुपर्नेमा जोड दिए। पैडेलले त्रिभुवन विश्व विधालय अन्र्तगतका क्याम्पसहरु मुश्लिका वावजुत पनि सञ्चालन गर्नुपर्ने वाध्यता विद्दमान रहेको भन्दै राज्यले अन्य क्षेत्रहरुमा जस्तै शिक्षा क्षेत्रमा पनि लगानी वढाउनुपर्ने वताए ।

कार्यक्रममा विशिष्ट अतिथी तथा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षा लाई प्राथामिकता दिन सक्नुपर्ने भन्दै राज्यले समग्र शिक्षा नीतिमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा क्याम्पस प्रमुख कमलननथ शर्माले कुल रु १ करोड ३४ लाख ७५ हजार २ सय २ रुपैयाँ वारावरको आर्थिक प्रतिवेदन संगै शैक्षिक,भौतिक तथा प्रगती प्रतिवेदन पेश गरेका थिए । समापन कार्यक्रममा वोल्दै क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष विष्णु नेवारले गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने मुख्य नाराका साथ शिक्षा लाई अगाडी वढाईएको भन्दै वर्तमान अवस्थामा राज्यमा राजनैतिक परिवर्तन संगै राज्य तिन तहमा विभाजन भएपनी शिक्षामा परिवर्तन हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

राज्य तिन तहमा सरकार वनेपनि राज्यको तर्फवाट शिक्षा लाई कसरी अगाडी वढाउने र कुन सरकारले अगाडी वढाउने निक्र्लोर नभएको भन्दै यो समस्या लाई छिट्टै हल गर्नुपर्ने वताए ।

कार्यक्रममा नगर शिक्षा समितीको तर्फवाट चित्रकला भारती, सञ्चालक समितीको तर्फवाट तोयानाथ चालिसे, प्तेश्वर वहुमुखी क्याम्पसका अध्यक्ष सुन्दरप्रसाद जोशी, संस्थापक क्याम्पस प्रमुख डाक्टर चुडामणी शर्मा, संस्थापक अध्यक्ष इश्वर गिरी, नि वर्तमान अध्यक्ष गोविन्द पहाडी, विधार्थीको तर्फवाट विपना सापकोटा र सुर्य सुवेदी लगायतले वोलेका थिए । कार्यक्रमा वोल्ने वक्ताहरुले शिक्षा निजि र सामुदायिक तवरवाट सञ्चालन हुनुले एकरुपकता हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न संकायमा उत्कृष्ट हुने विधार्थी लाई पुरस्कार मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

विधार्थीहरुले विभिन्न साँस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना गरी सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधिहरुको समेत सहभागिता रहेको थियो । क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष विष्णु नेवारको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन प्रध्यापक लेखनाथ उपाध्ययले गरेका थिए ।