१ फागुन, पर्वत । जिल्लाको विहादी गाउँपालिका स्थित शालिग्राम स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुति सेवाको शुरुवात गरिएको छ । गाउँपालिकाले सवै वडाहरुमा प्रसुति सेवा पुराउने उद्देश्य बमोजीम उक्त स्वास्थ्य चौकीमा प्रसुति सेवा (बथ्रिङ सेन्टर)को स्थापना गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष कमल भुषालले औपचारिक वीच नव निर्मित भवनको उद्घाटन साथै सेवा विस्तार भएको घोषणा गरेका छन । प्रसुति सेवा विस्तारसंगै स्वास्थ्य चौकीमा नयाँ भवनको समेत निर्माण गरिएको छ ।
उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भुषालले स्वास्थ्य सेवा लिन पाउनु सवै नगारिकको संविधान प्रदत्त अधिकार भएकाले स्वास्थ्य सेवा जनताको घरदैलोमा पुराउनका लागि गाउँपालिकाले प्रयास गरीरहेको बताए । उनले सवै वडाहरुमा निशुल्क बर्थिङ सेन्टरको स्थापना गरिने समेत बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष डम्मर कुमारी गुरुङले स्वास्थ्य समस्याबाट बढिजसो महिलाहरु नै प्रभावित हुने भएकाले सवै वडाहरुमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनुपर्ने धारणा राखिन ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषीराम पन्थीले सुरक्षित प्रसुतिको अभावमा थुप्रै आमा र बच्चाको ज्यान गइरहेकोले सवै आमाले सुरक्षित प्रसुति सेवा लिन आग्रह गरे । बर्थिङ सेन्टरमा गर्भ जाँच देखि सुत्केरी सेवा समेत निशुःक रुपमा प्रदान हुने भएकाले यस्तो सेवा सवै गर्भवती आमाहरुले लिनुपर्ने धारणा राखे ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी भुषालले सेवा विस्तारले सेवाग्राहीहरु सेवाप्रवाहमा थप सहज भएको धारणा राखे । उनले सेवालाई सहज बनाउनका लागि आवश्यक पर्ने यन्त्र उपकरणहरु उपलब्ध गराउन गाउँपालिका तयार रहेको समेत बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका टेकबहादुर क्षेत्री, नेपाली कांग्रेसका विजय कुमार क्षेत्री टोल सुधार समितिका खगेश्वर भुर्तेल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन ऋषीराम पोडेल र सुनकुमारी भट्टराईले गरेका थिए । कार्यक्रमका अध्यक्षता तथा स्वागत वडाअध्यक्ष टेकबहादुर थापाले गरेका थिए ।
कार्यक्रमको अवसरमा जेष्ठ नगारिकलाई समेत सम्मान गरिएको थियो ।




