२९ माघ, पर्वत । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा लगानीका लागि सहज बातावरण बनाउन सरकारका आग्रह गरेका छन । पर्वत उद्योग वाणिज्य संघको ३७ औँ साधारणसभाको कुश्मामा उद्घाटन गर्दै गोल्छाले उनले स्थिर सरकार देशमा आउँदा जनता खुशी भएको भन्दै दुई तिहाईको सरकारले पनि लगानीका लागि थप सहज वातावरण बनाउनु पर्ने धारणा राखेका हुन । नसकेको गुनासो गरेका हुन ।
अहिले कुनै पनि उद्योग स्थापना गर्न जग्गा प्राप्तीमा झण्झट , लगानीको अभाव , वस्तु विक्री नहुने समस्या रहेकोले यस्तो अवस्थाको अन्त्य गर्न उनले सरकारसंग आग्रह गरे । उनले साना व्यवसायीलाई बैँकले ऋण नदिने समस्या रहेको पनि बताए । जग्गा प्राप्ती र बन ऐनका कारण पनि उस्तै समस्या हुँदै आएको गोल्छाले बताए । संघीयता पछि उद्योग फस्टाउने आशा गरिएपनि स्थानीय तहले लिने करका कारण समस्या देखिएको बताउँदै गोल्छाले सरकारले व्यवसायिक हितमा काम गर्नुपर्ने आवश्यकता औल्याए ।
बैँकले कुनै पनि व्यवसायका लागि सहज रुपमा ऋण दिने व्यवस्था मिलाउन, बजारको व्यवस्थापन गर्न, कर लगायतका समस्या समाधान गर्न सकेमात्रै उद्योग फस्टाउने गोल्छाले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले पर्वत जिल्लामा लगानीको ठुलो संभावना भएका कारण लगानीका लागि ब्यबसायीहरुलाई आब्हान गरे ।
सो कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले कुस्मामा पर्यटकीय क्षेत्रमा प्रशस्त लगानीको संभावना भएको हुँदा स्थानिय तहबाट गर्न सकिने सबै सहयोग गर्न तयार रहेको छ भने। मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल, नेकपा पर्वतका नेता भक्तवहादुर कुँवर , नेपाली काँग्रेस पर्वतका सदस्य कुलप्रसाद पाध्या , प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल , उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सन्जिववहादुर कोईराला, उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवं काठमाण्डौ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख हेमराज सुबेदी, उद्योग बाणिज्य संघ पर्वतका निवर्तमान अध्यक्ष हरीओम शर्मा लामिछाने, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ , कुश्मा नगरपालिका ५ का अध्यक्ष चित्रकला शर्मा भारती, नेपाल पत्रकार महासंघका सचिव गणेश गिरी र जेसिज पर्वतका अध्यक्ष रामु शर्मा लगायतको शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
साधारणसभामा कै अवसरमा पर्वत उद्योग बाणिज्य संघले स्थापना गरेको ब्यबसायी कल्याण कोषबाट प्रकोप पिडीत तथा गम्भीर स्वास्थ्य समस्या झेल्दै आएका ब्यबसायीहरुलाई सहयोग गरिएको थियो । अध्यक्ष,महासचिव, कोषाध्यक्ष लगायतले प्रस्तुत गरेका प्रतिबेदन उपर छलफल भएको छ । साधारणसभामा आगामी कार्यक्रमका बारेमा पनि छलफल भएको छ । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पनि अध्यक्ष शर्माले गरेका थिए भने सञ्चालन महासचिव गणेश लामिछानेले र धन्यबाद ज्ञापन बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले गरेका थिए ।




