Print

मृगौला पिडित परियारलाई शिवालय माविका पूर्व विद्यार्थीद्धारा नगद सहयोग

४ माघ, पर्वत । दुवै मृगौला फेल भएका कुश्मा नगरपालिका वा न ४ निवासी विष्णु परियारलाई पर्वतको कुश्मामा रहेको शिवालय माविका पुर्व विद्यार्थीहरुले नगद सहयोग गरेका छन । २०५८ एलएलसी समूहका विद्यार्थीहरुले सहयोग स्वरुप २० हजार नगद प्रदान गरेका हुन । परियारकी श्रीमती लक्ष्मी परियारलाई उक्त रकम हस्तान्तरण गरिएको पूर्व विद्यार्थी रिता केसी भण्डारीले जानकारी दिईन ।

विद्यालयमा सगै अध्ययन गरेका विद्यार्थीहरुले संकन गरेको रकम परियारलाई प्रदान गरेको पूर्व विद्यार्थी शंकर गिरीले बताए । परियारको उपचारका लागि थप सहयोग समेन संकलन गरी सहयोग गर्ने प्रतिबद्धता समेत उनीहरुले ब्यक्त गरेका छन । दुवै मृगौला फेल भएर उपचार गराईरहेका परियारले आर्थिक अभावका कारण उपचारमा समस्या परीरहेको भन्दै सहयोग गरिदिन अनुरोध गर्दै आइरहेका छन ।

४२ वर्षिय विष्णू परियार ३ वर्ष मलेशिया वसेर फर्केका थिए । सामान्य प्रेसरका विरामी परियारलाई एक्कासी दूवै मृगौला फेल भएको थियो । उनका २ वटा वच्चा रहेका छन भने आर्थिक अवस्था धेरै नै नाजूक रहेको छ । हप्तामा ३ पटक डायलसीस गर्नु पर्ने, ३ हजार वरावरको ईन्जेक्सन लगाउनू पर्ने भएका कारण पनि आर्थिक अभाव भएको छ । उनको हाल टिचिङ हस्पीटल काठमाडौमा उपचार भईरहेको छ ।

नेपाल सरकारवाट डायलसीसका लागी निशुल्क व्यवस्था भएता पनि समयमा पालो नपाउदा अन्य प्राईभेट अस्पतालमा डायलसीस गर्नुपर्ने अवस्था रहेको श्रीमती लक्ष्मी परियारले वताईन । श्रीमती परियारले कुश्मामा ट्रेलरिङ पेशा गर्दै आइरहेकी छिन । सवैले केहि न केहि आर्थिक सहयोग गरेमा श्रीमानले पुर्न जीवन पाउने उनी बताउँछन ।

श्रीमति आफैले मृगौला दिएर भएपनि श्रीमान बचाउने बताएकी छिन । पूर्व विद्याथीहरुले शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सञ्चित फण्डको ब्यवस्थापन गरेको र सोहि रकमबाट थोरै भए पनि सहयोग गरिएको पूर्व विद्यार्थी देवेन्द्र पौडेलले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा पुर्व विद्यार्थीहरु सृजना श्रेष्ठ, सुधिर प्रधान, रञ्जु गिरी, गंगा पौेडेल,गणेश गिरी सहभागी थिए ।