Print

पर्वतको शालिजामा माघे संक्रान्ती मेला : सांसद गिरीद्धारा उद्घाटन

२ माघ, पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न ६ शालिजामा मगर संक्रान्ति मेलाको शुभारम्भ भएको छ । मेलाको एक कार्यक्रमका वीच प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले उद्घाटन गरे ।

मेलाको उद्घाटन गर्दै सांसद गिरीले सरकारले सुखी नेपाली सम्बृद्ध नेपालको अभियान अन्तर्गत सवैको खुशी देख्न चाहेको बताए । उनले पूर्वाधार क्षेत्रको विकाससंगै युवाहरुलाई रोजगारमूलक काममा लाग्ने वातवरण काममा वर्तमान सरकारले काम गरीरहेको समेत बताए । उनले गाउँमै बस्ने र उद्यम गर्ने युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको बताउँदै देशमै केहि न केहि उद्यम गरेर बस्न युवाहरुलाई आग्रह समेत गरे ।

अर्को एक प्रशंगमा सांसद गिरीले जलजलाको शालिजा, लेकफाँट क्षेत्रमा सडकका कारण स्थानीय निकै सास्ती बेहोरी रहेको बताउँदै आफ्नो कार्यकार्य भित्रै सडक पक्कि बनाउने प्रतिबद्धता समेत दोहोराए । उनले मिलन चोक देखि शालीजा, लेकफाँटसम्मको सडकको काम आगामी बर्ष देखि शुभारम्भ हुने गरी आफूहरुले पहल गरीरहेको समेत बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, जलजला गाउँ कमिटिका अध्यक्ष एवम् नेकपा सचिवालय सदस्य दिपक आचार्य, मोदी गाउँपालिकाका प्रवक्ता एवम् युवा संघका केन्द्रिय सदस्य विमल लामिछाने लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।