Print

फरार प्रतिवादी पक्राउ

४ मंसीर, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा न ३ दुर्लुङका ५० बर्षिया शंकर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिट सम्बन्धि मुद्धामा सुनारले जिल्ला अदालबाट २ महिना १५ दिनको कैद सजाय पाएका थिए । सुनारले कुश्मा नगरपालिका ३ दुर्लुङ कै ६७ बर्षिया बलबहादुर चदारालाई कुटपिट गरी घाइते बनाएका थिए ।

अदालतले थुकछेक बहस पछि १ लाख धरौटीमा रिहाइ गरेको थियो । अन्तिम फैसलामा कैद सजाय सुनाए पछि भने उनी फरार थिए । सुनारलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।

पक्राउ लगतै प्रहरीले सुनारलाई अदालत सामु पेश गरी कारागार चलान गरेको थियो ।