Print

नेकपा जिल्ला कमिटिको दोस्रो वैठक सम्पन्न, यस्ता छन निर्णयहरु

३० कार्तिक, पर्वत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पर्वत जिल्ला कमिटिको दोस्रो वैठक सम्पन्न भएको छ । नेकपा गण्डकी प्रदेश कमिटिका सचिव गोविन्द बहादुर नेपालीको विशेष उपस्थितीमा सम्पन्न वैठकले पार्टी एकता र सञ्चालनका महत्वपूर्ण निर्णयहरु गरेको छ ।

पार्टी एकतालाई निश्कर्षमा पुराउनका लागि पर्वत जिल्ला भित्र रहेका ६१ वडाका वडासंयोजक तोकिएको छ । यसैगरी वैठकले पार्टी एकताको लागि बाँकी कार्यभारहरु समेत पुरा गर्ने गरी कार्य योजना निर्माण गरेको बताइन्छ ।

पार्र्टी जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदम गिरीको अध्यक्षतामा बसेको वैठकले विवादीत वडाहरुको वडाअध्यक्षको नाम समेत अनुमोदन गरेको छ । सपथ ग्रहण गराउन बाँकी वडाहरुमा सपथ ग्रहणको कार्य सक्ने गरी समेत निर्णय गरिएको बताईन्छ । वैंठकले सचिवालय समितिको नाम समेत अनुमोदन गरेको छ ।

वैठकमा विभागीय जिम्मेवारीको सहमति जुट्न नसके पछि सचिवालयले नै विभागीय जिम्मेवारी टुंगाउने भएको छ । वैठकमा पार्टी केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज गुप्त हमाल, प्रदेश कमिटि सदस्यहरु र जिल्ला कमिटिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

वैठक नेकपाको पाटी जिल्ला कार्यालयमा सम्पन्न भएको हो ।