Print

बगैंचा बचत तथा ऋण सहकारीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा गिरी

३० कार्तिक, पर्वत । वगैंचा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा न ६ मा कार्यालय रहेको सहकारीको प्रथम अधिवेशनबाट अध्यक्षमा गणेश गिरी चयन भएका छन । अधिवेशनले आगामी ४ बर्षे कार्यकालका लागि उपाध्यक्षमा दिपेन्द्र केसी, सचिवमा बालकृष्ण शर्मा र कोषाध्यक्षमा आरती गिरी चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा अर्जुन गिरी, विष्णुकुमारी क्षेत्री, मिनु सुवेदी, अनिल गिरी र प्रविण खड्का चयन भएका छन । अधिवेशनले विष्णु गिरीको संयोजकत्वमा लेखा समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा शिवप्रसाद अधिकारी र नारायण केसी रहेका छन । अधिवेशनको निर्वाचन मण्डलको तर्फबाट विदुर पौड्याल र नवराज गिरीले नवनिर्वाचित सदस्यहरुलाई पदभार ग्रहण गराएका थिए । यस अघि भएको उद्घाटन शत्रमा शेयर सदस्य तथा धनेश्वर कृषि सहकारीका अध्यक्ष नवराज गिरीले सहकारीको नीति तथा सिद्धान्तको विषयमा मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिवालय बहुृउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष विदुर पौड्याल, शेयर सदस्य कमलकान्त चापागाईले सहकारी सञ्चालनका विषयमा मन्तब्य ब्यक्त गरेका थिए । अधिवेशनको अवसरमा शेयर सदस्यता प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कुल ५१ जना सदस्यहरु रहेको उक्त सहकारीले चुक्ता पूँजी ५ करोड रहने गरी कारोबार शुरु गरेको छ ।