Print

पर्वत कारागारमा क्षमताभन्दा चौगुना बढि बन्दी, भवन जिर्ण, खानेपानी र शौचालयमा समस्या

९ असोज, पर्वत । जिल्ला कारागार पर्वतमा क्षमता भन्दा चौगुना बढि बन्दी रहेका छन । २५ जना क्षमताको पर्वत कारागारमा अहिले ९६ जना कैदी बन्दी छन । कारागारमा थप भौतिक पूर्वाधार तयार नहुँदा दैनिकजसो थपिने वन्दीका कारण यस्तो समस्या खड्कीएको हो ।

बर्षायामको मौसम सँगै बन्दीहरु खुल्ला आकास र चिसो छिडीमा बसेर कैदीहरुले रात काट्न बाध्य भएका छन । कारागारको गण्डकी प्रदेश सरकारको आन्तरीक मामिला विभागको समूहले अनुगमन गरेको छ । पर्वत कारागारका जेलर चिरञ्जीवि बरालले कारागार भित्रै समस्या समस्या रहेको बताउँछन । उनले क्षमता भन्दा बढि कैदी हुँदा खाना, बस्न र शौचालयमा समस्या परेको बताए । कुल ९६ मध्ये ८९ जना पुरुष बन्दी र ७ जना महिला बन्दी रहेको उनले जानकारी दिए ।
महिला बन्दीलाई बागलुङ वा म्याग्दी पठाउन सके पुरुष बन्दीलाई बसोबासमा थप सहज हुने उनको भनाई छ ।

‘कारागारको पर्खाल पुरै चर्किएको छ’ जेलर बराल भन्छन–‘खानेपानी ट्याङकी सानो छ, त्यहि पनि चुहिने समस्या छ’ उनले खानेपानीको चरम समस्या कारागार भित्र पर्दै आइरहेको बताए । कैन्दीलाई भेट्न आउनेहरुलाई पालो कुर्ने र भेट्ने स्थानको समय उचित प्रवन्ध कारागारमा हुन नसकेको बताए । सरकारले खुल्ला कारागारको नीति अवलम्बन गर्न लागे पनि देशका कारागारहरुका अवस्था जिर्ण र अवस्था कमजोर बन्दै गएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिईन । उनले भौतिक अवस्थामा सुधार नगरे कारागारको भवन जतिबेला पनि भत्कन सक्ने अवस्थामा पुगेको बताईन ।

जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले भौतिक अवस्था सुधारसंगै बन्दीहरुलाई सीप र उत्पादनमूलक कार्यमा लैजानु पर्ने धारणा राखे । प्रदेश सरकारका सांसद दिपक थापाले प्रदेश भरीका कारागारहरुको भौतिक अवस्था र ब्यवस्थापन सुधार गर्न प्रदेश सरकारले विशेष कार्य योजना निर्माण गर्ने जानकारी दिए । थापा सहित प्रदेश सभा सदस्यहरु चित्रबहादुर घले र कोपिला बोहोराले कारागारको अनुगमन गरेका थिए । अनुगमन पछि उनीहरुले कारागारको भौतिक अवस्था सुधारका लागि प्रदेश सरकारलाई सुझाब दिने बताए ।

पुरानो र जिर्ण भवनमा कारागारका बन्दीहरुले कष्टकर दिन काटिरहेका छन । नयाँ भवन बनाउने गरी निर्माण कार्य शुरु गरिएको भवन बजेट अभावमा अलपत्र छ । सुरक्षा समूहले पनि कष्टपूर्ण तरिकारले सुरक्षा प्रदान गरेको प्रहरी नायव उपरिक्षक श्याम अर्याल बताउँछन । टिनले बारेको घर भित्र भान्सा कोठा रहेको सुरक्षा यूनिटको भौति अवस्था कमजोर रहेको उनको भनाई छ । महिनौ जसो अपराधको दर बढ्दा पर्वत कारागारमा बन्दीहरुको संख्या बढेको छ । अर्कोतर्फ मुलुकी संहिता फौजदारी ऐन २०७४ जारी भए पछि सजायको दर र दायरमा बृद्धि भएका कारण पनि बन्दीहरुको संख्यामा बृद्धि भएको हो ।

अर्थ वीट साप्ताहिकमा खबर छ