Print

कुश्मा नगरपालिद्धारा वडा न ६ को जेष्ठ नागरिकहरुलाई सम्मान

३१ जेठ, पर्वत । कुश्मा नगरपालिका वार्ड नम्वर ६ ले ८४ वर्ष नागेका जेष्ठ नागरिक हरुलाई सम्मान गरेको छ । शुक्रवार वार्ड कार्यलयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी २१ जना वृद्धाहरुलाई सम्मान गरेको हो । २०७४ —०७५ को वार्डको लक्षित कार्यक्रम अन्र्तगत वृद्धवृद्धाहरुलाई टिका लगाई दोसल्ला ओढाएर नगद रु ४ हजार र पितलको करुवा सहित सम्मान गरेको हो ।

वृद्धाहरुलाई वार्ड नम्वर ६ का अध्यक्ष रुद्र गिरीले दोसल्ला ओढाएर टिका लगाई सम्मान गरेका हुन् । सम्मानित हुनेमा १ सय २ वर्षिया कृष्ण कुमारी गिरी लगायतका रहेका छन् । वार्ड नम्वर ६ मा स्थायी घर भएकाहरु मात्र नभई अन्यत्र वाट आएर वसोवास गर्नेहरु लाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा आउन नसक्ने वृद्धाहरुलाई उनीहरुको घरमानै पुगेर गिरीले सम्मान गर्दै आर्शिवाद लिएका थिए । कार्यक्रममा वोल्दै अध्यक्ष गिरीले जीवनको लामो यात्रा पार गरेका हरुलाई सम्मान गर्नु उनीहरुको विवेक र अनुभवहरुको सम्मान हुने भएकोले आफ्नो वार्डले सम्मान गरेको वताए ।

गिरीले जेष्ठ नागरिक हरुलाई घरपरिवार समाज र राष्ट्रले माया, ममता स्नेह र सम्मान गर्नुपर्ने कुरामा जोड दिँदै आधुनिकीकरणको प्रभाव संगै संयुक्त परिवार टुट्दै जानु त्यस्तै मान्छेहरु आत्मकेन्द्रित र व्याक्तिवादी हुँदै गएका कारण कतिपय ठाउँहरुमा जेष्ठ नागरिक अपहेलित हुने गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।

कोही कसैले पनी वुढा भएका आफ्ना आमावावाहरुलाई हेला गर्न नहुने भन्दै आँफूले आमावुवाहरु लाई जस्तो व्यवहार ग¥यो त्यस्तै संकार छोराछोरीले अगाल्ने वताएका थिए ।

सम्मानित वृद्धाहरुले वार्डले आँफुहरु लाई सम्मानित गरेकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रममा वार्डका जनप्रतिनिधीहरु पत्रकार वुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम वार्ड अध्यक्ष रुद्र गिरीको अध्यक्षता , वार्ड सदस्य सविता विश्वकर्माको स्वागत मन्तव्य र सचिव अजिता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । वार्डले विभिन्न समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।