Print

मोदीवेणी धामबाट शालीग्राम शिला चोरी गरेको आरोपमा ३ जना पक्राउ

२७ फागुन, पर्वत । गत फागुन ५ गते रातीको समयमा जिल्ला पर्वत कुश्मा नगरपालिका वडा न ५ मोदिवेणी स्थित नृसिंह मन्दीरबाट शालीग्राम शिला चोरीगरेको आरोपमा पर्वत प्रहरीले ३ जनालाई पक्राउ गरोके छ । प्रहरी कार्यालय पर्वतवाट प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठको कमाण्डमा खटिएको अनुसन्धान टोलीले आइतबार उनीहरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तिन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्वत कुश्मा नगरपालिका वडा न ४ वस्ने वर्ष २८ को कसम पुन, कुश्मा वडा न ६ वस्ने वर्ष २९ को सुमन गुरुङ, कुश्मा वडा न १० वस्ने वर्ष ३२ को लेख वहादुर नेपाली छन । यसैगरीे धादिङ जिल्ला साविक निलकण्ठ गाविस वडा न १० स्थाई घर भई हाल कुश्मा नगरपालिका वडा न ५ वस्ने वर्ष २५ को अंजन वराईली फरार रहेको र खोजी कार्य भैरहेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

उनीहरुले मन्दिरमा रहेका करिव ३७ थान पुराना शालिग्रामहरु, शंख तथा दान पेटिकामा रहेको रकम ४ हजार समेत चोरी गरेको प्रहरीले जनाएको छ । चोरी भएका सामानहरु कुश्मा नगरपालिका वडा न। स्थित कालीगण्डकी छमर्के सामुदायिक वनको झाडीमा लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

पक्राउ पर्नेहरुलाई पर्वत जिल्ला अदालतवाट चोरी सम्वन्धी कसुर मुद्धामा अनुसन्धानको लागी दिन ७ म्याद थप भई अनुसन्धान कार्य भैरहेको पर्वत प्रहरीले जनाएको छ ।