Print

७१ बर्षिया बृद्धालाई जवरजस्ती करणी गर्ने फलेवासका एक युवा प्रहरी नियनत्रणमा

२६ पौष, पर्वत । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँ बस्ने ७१ बर्षिय बृद्धालाई जवरजस्ती करणी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खानीगाउँकै ४५ बर्षिय नारायणप्रसाद कुवँर‘टुल्के’ रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी बृद्धालाई डर त्रास देखाई पटक–पटक जवरजस्ती करणी गरेको पीडितका आफन्तले प्रहरीमा गरेको उजुरीका आधारमा बुधवार कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरिक्षक भुवेश्वर तिवारीले जानकारी दिनुभयो ।

पक्राउ परेका कुवँरलाई जवरजस्ती करणी सम्वन्धी कसुर शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको तिवारीले बताउनुभयो ।