Print

असहाय बालबालिकाको सहयोगार्थ पर्वत समाज बेल्जियमले च्यारिटी कार्यक्रम आयोजना गर्ने

३० भदौ, पर्वत । असहाय बालबालिकाको सहयोगार्थ पर्वत समाज बेल्जियमले च्यारिटी साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । समाजले कार्यक्रमको तयारी तिव्र पारेको छ । सेप्टेम्वर २२ तारिकमा हुने कार्यक्रमवाट नेपालमा रहेका असहाय बालबालिकालाई सहयोग गर्न आर्थिक संकलन गर्ने उद्देश्य रहेको छ ।

समृद्ध पर्वतको निर्माणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ बेल्जियममा सन् २००५ मा गठन भएको पर्वत समाज बेल्जियमले स्थापना कालदेखी नै यस्तै सामजिक गतिविधी संचालन गदै आईरहेको छ । च्यारिटी कार्यक्रम पनि त्यस्तै परोपकारी कार्यक्रम अन्र्तगत संचालन गर्न थालिएको समाजका अध्यक्ष झलक केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहयोग संकलनका लागि विभिन्न संस्था र व्याक्तिलाई अनुरोध गरिएको केसीले बताउनुभयो । उक्त कार्यक्रममा नेपाली कलाकारहरुको साँगितिक कार्यक्रम समेत समाबेश गरिएको छ । विभिन्न कारणले पढ्न नपाएका, विरामी भएका, सडकमा फिरन्ते भएका, अलपत्र परेका, प्रकोपमा परि घाईते भएका, टुहुरा, विपन्न, अनाथ वालवालिकालाई सहयोग गर्न कार्यक्रमको आयोजना गरिएकाले आर्थिक संकलनमा धेरैले सहयोग गर्ने ईच्छा देखाएको अध्यक्ष केसीले बताउनुभयो ।

समाजले आयोजना गर्ने कार्यक्रममा नेपालवाट जाने कलाकारहरु गौतम गुरुङ र मेरसेम खातीको भिसा प्रक्रियामा रहेको छ । गायिका सरिता कार्कि भने साँग्रिला समाज वेल्जियमको समन्वयमा बेल्जियम पुगिसक्नु भएको महासचिव दिपक पोखरेलले जानकारी दिनुभयो । कार्यक्रमको सहयोगका लागि गोल्ड स्पोन्सरका लागि ३०० र सिल्भर स्पोन्सरका लागि २०० तोकिएको महासचिव पोखरेलले बताउनुभयो । कार्यक्रममा गोल्ड स्पोन्सरका लागि नेपालबाट ्रस्ताव आईसकेको पोखरेलले बताउनुभयो । देखाएको अध्यक्ष केसीले बताउनुभयो ।

समाजले आयोजना गर्ने कार्यक्रममा नेपालवाट जाने कलाकारहरु गौतम गुरुङ र मेरसेम खातीको भिसा प्रक्रियामा रहेको छ । गायिका सरिता कार्कि भने साँग्रिला समाज वेल्जियमको समन्वयमा बेल्जियम पुगिसक्नु भएको महासचिव दिपक पोखरेलले जानकारी दिनुभयो । कार्यक्रमको सहयोगका लागि गोल्ड स्पोन्सरका लागि ३०० र सिल्भर स्पोन्सरका लागि २०० तोकिएको महासचिव पोखरेलले बताउनुभयो । कार्यक्रममा गोल्ड स्पोन्सरका लागि नेपालबाट ्रस्ताव आईसकेको पोखरेलले बताउनुभयो ।- साजन परियार