Print

कुश्माको शिवालय माविमा नगर स्तरीय हाजिरिजवाफ प्रतियोगीता सम्पन्न

२० भदौ, पर्वत । कुश्मा नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोजीता सम्पन्न भएको छ । शिवालय उच्च माध्यमिक विद्यालय जुनिएर रेडक्रस सर्कलले आयोजना गरेको उक्त प्रतियोगीतामा नगर भित्रका सामुदायिक विद्यालयहरुको सहभागीता रहेको थियो । नेपाल रेडक्रस दिवसको अवसरमा उक्त प्रतियोगीता अयोजना गरिएको हो ।

प्रतियोगीतामा नाराया मावि प्रथम नुवार सुवेदीथर मावि पाङ द्धितिय र मंगोलदय मावि चुवा तृतिय भएका थिए । यसैगरी प्रतियोगीतामा शिवालय माविले सान्तवना स्थान प्राप्त गरेको थियो ।

प्रतियोगीतामा प्रत्येक विद्यालयबाट ३ जनाका दरले विद्यार्थी सहभागी थिए । प्रतियोगीतामा प्रथम हुनेलाई १० हजार द्धितिय हुनेलाई ७ हजार तृतिय हुनेलाई ५ हजार र तृतिय हुनेलाई ३ हजार नगर पुरस्कार प्रदान गरिएको छ । यस अघि कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उक्त पुरस्कार आफ्नो तर्फबाट प्रदान गरेका हुन । विद्यालयले प्रथम, द्धितिय र तृतितलाई क्रमशः ३ हजार २ हजार र १ हजार प्रदान गर्ने गरी प्रतियोगीताको आयोजना गरेको थियो ।

प्रतियोगीतामा प्रमुख अतिथिको रुपमा उपस्थित भएका नगरप्रमुख जोशीले पुरस्कार राशी थोरै भएको भन्दै आफ्नो तर्फबाट सवै पुरस्कार राशी दिने गरी पुरस्कार राशीमा बृद्धि गरेका थिए । सोहि कार्यक्रममा बोल्दै नगरप्रमुख जोशीले सामुदायिक विद्यालयको शैक्षिक अवस्था क्रमशः खस्कदै गएकाले शैक्षिक अवस्था सुधारमा सवैले भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

१२ विद्यालय सहभागी रहेको उक्त प्रतियोगीताकामा नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, वडा अध्यक्ष शिव पौडेल, विद्यालयका पूर्व प्राचार्य डा. चूडामणी शर्मा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । विद्यालयका शिक्षक आनन्द पौडेलको सञ्चालन रहेको कार्यक्रमको स्वागत विद्यालयका प्रअ भूपेन्द्र चापागाईले गरेका थिए ।