४ भदौ, पर्वत । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले आफ्नो तलब भत्ताबाट विपन्न परिवारलाई सहयोग गर्न थालेको छन । उनले नगरपालिकाबाट बुझ्ने सवै रकम जनताकै सेवाका लागि खर्च गर्ने भन्दै तलब भत्ताको रकमले सहयोग प्रदान गर्न थालेको हुन ।
नगरप्रमुख जोशीले ‘राजनीति जनताका लागि गर्ने हो पैसा कमाउनका लागि होइन’ भन्ने उदाहरण देखाउँदै आफ्नो सवै तलब भत्ता जनतालाई बाड्न थालेका हुन । उनले कुश्मा नगरपालिका स्थित जगदम्बा प्राविका २६ जना विद्यार्थीलाई ड्रेस प्रदान गरेर आफ्नो सामाजिक कार्यको शुरुवात गरेका छन । जोशीले आइतबार नै कुश्मा ४ मा रहेको नारायण माविका एक छात्रलाई बार्षिक रुपमा चाहिने कपि, किताल, झोला र ड्रेस प्रदान गरे ।
आर्थिक अवस्था विपन्न भएका परिवारलाई सहयोग गर्ने उद्देश्य आफूले लिएको बताउँदै जोशीले आफ्नो तलब रकम सवै जनताकै करको रकम भएकाले जनतालाई नै सहयोग गर्ने अठोस ब्यक्त गरेका छन ।
‘सामाजिक कार्यबाट नै राजनैतिक भविश्य उज्वल हुने देखेको छु’ उनले थपे–‘पैसा कमाउन अन्य कुनै ब्यवसाय गर्न सकिन्छ ।’ राजनीति भनेकै जनताको सेवा ठाउँ रहेको भन्दै जोशीले आफ्नो तलब भत्ता र पारिश्रमिक वापतको रकम जनतालाई वितरण गर्न थालेका हुन । नगर क्षेत्रमा रहेका विपन्न, गरिब र असाह्यलाई पहिलो प्राथमिकतामा राखेर सहयोग प्रदान कार्यमा उनी सहभागी भईरहेका छन । गत आर्थिक बर्षमा नगरपालिकाबाट प्राप्त भएको सवै रकम उनले विभिन्न क्षेत्रमा सवै सहयोग गर्ने यस अघि नै घोषणा गरेका थिए ।
करका दायरा बढ्दै जाँदा यतिबेला करको विरोध भईरहेको छ । प्रदेश सरकारले स्थानीय तहले उठाएको करबाट नै स्थानीय जनप्रतिनिधिहरुको पारिश्रमिको ब्यवस्थापन गर्ने निर्णय यस अघि नै गरिसकेको छ । नगरपालिकाका प्रमुख मासिक ३५ हजार तलब प्रदेश सरकारले तोकेसंगै करका दायराहरुमा समेत स्थानीय तहहरुले बृद्धि गरीरहेकै छन ।
यहि बेला नगरप्रमुख जोशीले आफ्नो तलब भत्ताबाट जनताको परोपराकारी कार्यमा खर्च गर्दा अन्य जनप्रतिनिधिहरुलाई उदाहरणीय पात्र बरिहेका नगरबासीको धारणा छ ।




